सेयर बजारमा २० अंकको गिरावट, साढे १९ अर्बकाे काराेबार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज २० अङ्कले घटेको छ । आज नेप्से २०.४६ अङ्कले घटेर २६६१.०९ अङ्कमा पुगेको छ ।
आज ३२५ कम्पनीको ४ करोड ७७ लाख ९० हजार ८३७ कित्ता शेयर २ लाख २२ हजार ६६० पटक खरिदबिक्री हुँदा १९ अर्ब ६० करोड ९१ लाख ७७ हजार १०६ बराबरको कारोबार भएको छ ।
आज नेपाल फाइनान्सको शेयर मुल्य सबैभन्दा बढी ९. ७७ प्रतिशतले बढेको छ भने मन्दाकिनी हाइड्रोको शेयर मुल्य ८.५८ प्रतिशतले बढेको छ ।
त्यस्तै आज सबैभन्दा बढी आरम्भ लघुवित्तको शेयर मूल्य सबैभन्दा बढी ८.३५ प्रतिशतले घटेको छ भने बोटलर्स नेपालको शेयर मुल्य ७.९९ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिभम सिमेन्टको ६१ करोड १२ लाख ८६ हजार ६८३ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने कुमारी बैंकको २४ लाख ६३ हजार ६९ कित्ता शेयर किनबेच भएको छ ।










आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति
मुग्लिनमा आजदेखि सुन्तला महोत्सव
७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेनजी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल
ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
प्रतिक्रिया