मंगलबार, फागुन २६, २०८२

प्रो बायोटिकको प्रयोगले माछा उत्पादन बढाउँदै किसान (भिडियाे)

भैरहवा (रुपन्देही) । प्रो बायोटिकको प्रयोगले माछाको मृत्युदर कम भई यसको उत्पादनमा वृद्धि भएको कारण रुपन्देहीका माछा पालक किसानहरु यस तर्फ आकर्षित भएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

यसको प्रयोगले माछाको उत्पादन बढेको मात्र नभई हेर्दा पनि चिल्लो र आकर्षक भएको कारण यसको बजार पनि राम्रो हुदै गएको किसाननहरुको भनाई छ ।

प्रो बायोटिक एक लाभदायक जिवित सुक्ष्मजीव (ब्याक्टेरिया) हो । यसले माछापालनमा प्रयोग गर्दा माछाको स्वास्थ्य प्रवद्र्धन, वृद्धि सुधार र पानीको वातावरणिय अवस्थाहरुलाई सुधार गर्दछ । नाङ्गो आँखाले देख्न नसकिने प्रो बायोटिकलाई दानासंगै प्रयोग गरि माछाहरुलाई दिने गरिएको छ ।

प्रो बायोटिक बिशेषतः २ प्रकारको हुने गरेको छ । दानामा प्रयोग गरि दिइने प्रो बायोटिक र सोझै पानीमा प्रयोग गरिने प्रो बायोटिक । यी दुवै प्रकारको प्रो बायोटिकको भने आफ्नै बिशेषताहरु छन् ।
दानामा प्रयोग गरि दिईने प्रो बायोटिकले माछाको आन्द्रामा रही हानीकारक सुक्ष्म जीवहरुसंग प्रतिष्पर्धा गर्दछ भने माछाको दानालाई प्रभावकारी रुपमा पचाउन पनि सहयोग गर्दछ ।

प्रो बायोटिकले आन्द्राको स्वास्थ्य सुधार गरि माछाको वृद्धि विकास तथा बाच्ने दरमा वृद्धि गर्न योगदान पु¥याउछ । यसले माछाको रोग प्रतिरोधात्मक शक्ति बढाउनुको साथै पोखरीको पानीलाई पनि माछाको अनुकुल हुने गरि सफा राख्ने गर्छ ।

यस्तै पानीमा प्रयोग गरि दिइने प्रो बायोटिकले जैविक फोहोरलाई कुहाएर पानीको गुणस्तर राम्रो बनाउन मद्दत गर्ने र पानी भित्रको पोषक तत्वलाई पुनः प्रयोगमा ल्याउन योगदान पु¥याछ । कार्कीका अनुसार पोखरीमा हुने हानीकारक ग्यासहरुको स्तर घटाउछ, यसले माछाको लागि स्वस्थ वातावरणको श्रृजना गर्छ । यस्तै प्रो बायोटिकले माछालाई रोग लगाउने ब्याक्टेरियाको वृद्धि रोकेर रसायनिक उपचारको प्रयोगलाई घटाउन पनि सहयोग गर्छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई रुपन्देही माछा सुपरजोन प्रभाव क्षेत्रमा प्रो बायोटिक प्रविधि प्रदर्शन कार्यक्रम संचालन गरिरहको छ ।
माछा सुपर जोनका संयोजक कपिल न्यौपानेले यसका प्रयोग अहिले सुपर जोनमा बढ्दो रहेको बताए।

सुरुमा रुपन्देहीको छपियामा मात्र केन्द्रित रहेको माछा खेती प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागु भए संगै सियारी गाउँपालिका हुदै, शुद्धोधन गाँउपालिका, गैडहवा गाउँपालिका र मायादेवी गाउँपालिका सम्म फैलिएको छ । माछा सुपरजोन अन्र्तगत अहिले १ हजार १ सय ९ हेक्टर जलाशय रहेकोमा ८ सय ८७ हेक्टरमा माछा खेती हुदै आएको छ ।

प्रति हेक्टर ६ मेट्रिक टन उत्पादन औषत रहेको सुपरजोनमा आर्थिक बर्ष २०७९÷०८० मा ५ हजार ३ सय ९४ मेट्रिक टन माछा उत्पादन भएको छ । करिब २ रुपैया प्रति किलोको दरले १ अर्ब ७ करोढ ८८ लाख ३२ हजार मूल्य बराबरको माछा बिक्री भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जनाएको छ ।

सुपरजोन अन्र्तगत महिला उद्यमीबाट सञ्चालित मत्स्य फर्म ५७ वटा र यूवाहरुबाट सञ्चालिन मत्स्य फर्म १ सय ५५ वटा रहेका छन् ।

प्रतिक्रिया