बाँकेमा ७हजार ७सय ४५ राष्ट्रिय परिचयपत्रका कार्ड वितरण

नेपालगञ्ज । अहिलेसम्म बाँकेमा सात हजार सात सय ४५ राष्ट्रिय परिचयपत्रका कार्ड वितरण भएका छन् ।
जिल्ला प्रशासन कार्यालय बाँकेमा आएका ३४ हजार दुई सय ५१ कार्डमध्ये २६ हजार पाँच सय छ कार्ड वितरण हुन बाँकी रहेको सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले जानकारी दिए।
उनले विभागको निर्देशनअनुसार अहिले प्रशासन कार्यालयबाट राष्ट्रिय परिचयपत्रको कार्ड वितरण स्थगन भएको उल्लेख गर्दै कोहलपुर नपा, बैजनाथ र राप्तीसोनरी गाउँपालिकाका केही वडा, राप्तीसोनारी गाउँपालिका–९ तथा नरैनापुर गापाका वडा नं १, २, ३, ४ र ५ का लागि ‘रजिष्टेसन’को काम भइरहेको बताए ।
“अहिले पनि राष्ट्रिय परिचयपत्रका लागि गाउँगाउँमा धमाधम काम भइरहेको छ”, उन भने । जिल्लामा अहिलेसम्म दुई लाख ६६ हजार सात सय ५१ जनाको राष्ट्रिय परिचयपत्रका लागि रजिष्ट्रेसन भएको छ । सोमध्ये ५४ हजार तीन सय ३३ जिल्ला प्रशासन कार्यालयबाट परिचयपत्रका लागि राजिष्टेसन भएको हो ।
सहायक प्रजिअ माझीले केही वर्षअघि टोली परिचालन गरेर राष्ट्रिय परिचयपत्र बनाइएको उल्लेख गर्दै उक्त टोलीले २० हजारको रजिष्ट्रेसन गरेको थियो । परिचयपत्र बनाउनेमा नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका, राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकाका बढी भएको बताइएको छ ।










आज तराईमा हुस्सु-कुहिरो बढ्ने : मौसम महाशाखाले जारी गर्यो चेतावनी
आज दुई संसदीय समितिको संयुक्त बैठक बस्दै
अर्थपूर्ण भारत भ्रमणमा डा. बाबुराम भट्टराई
मधेस प्रदेशमा सभामुख चयनका लागि आज निर्वाचन
आज विश्व ध्यान दिवस मनाइँदै
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया