ग्लोकल टिन हिरो नेपाल २०२४ को एक्टिभेशन कार्यक्रम सम्पन्न

काठमाडौँ। गोल्छा गु्रपद्वारा प्रस्तुत ग्लोकल टीन हिरो नेपाल २०२४ को दशौं संस्करणको लागि आवेदन खुलेको र यस प्लेटफर्मको बारेमा जानकारी दिनका लागि नेपालको सातै प्रदेशका विभिन्न शहरका विद्यालयहरूमा एक्टिभेशकन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका क्रममा नेपालको विभिन्न स्कुलमा किशोर किशोरीसँगको अन्तर्कृया हुँदा धेरै प्रतिभाशाली किशोर किशोरी जसले सामाजिक कार्य, उद्यमशीलता, नवप्रवर्तन, वातावरण संरक्षण, र अन्य धेरै क्षेत्रमा महत्त्वपूर्ण प्रभाव पर्दै आएको भेटिएको र यस वर्षपनी भव्यताका साथ प्रतिभावान किशोर किशोरीलाई पहिचान गराउन सशक्त रुपमा तयारी भईरहेको छ ।
ग्लोकल टिमले पूर्वदेखि पश्चिमसम्म नेपालका ५० भन्दा बढी सहरका विभिन्न विद्यालय /कलेजहरूमा किशोरकिशोरीहरूसँग अन्तरक्रिया गरेका छन्। कार्यक्रम गर्दा विभिन्न स्थानीय निकायहरुसँग पनि समन्वय गरिएको थियो ।
ग्लोकल टिन हिरोले विगत एक दशकदेखि शैक्षिक क्षेत्र बाहेक किशोरकिशोरीहरूमा रहेको प्रेरणा र उत्साहलाई उजागर गर्दै, उनीहरूको समाजमा गरेको प्रभावकारी कार्र्य र अद्वितीय प्रतिभालाई पहिचान गराउन एक मञ्च प्रदान गर्दै आएको छ। ग्लोकल टिन हिरो नेपालले १३ देखि १९ वर्षका किशोरकिशोरीहरूको पहल, सिर्जनशीलता र उत्साहलाई गहिरो रूपमा मान्यता दिँदै, उनीहरूलाई स्थानीय र वैश्विक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सशक्त बनाउँदै आएको छ ।
गोल्छा गु्रपद्वारा प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२४ को दशौं संस्करणको लागि आवेदन आज मिति जुलाई ३०मा बन्द भएको छ ।
देशभरका प्रभावशाली किशोरकिशोरी नयाँ सोच, विचार, सम्भावना, र समाज परिवर्तनका नवीन आयामहरू बोकेका हुन्छन् । सानो उमेरमा ठूला सपना देखेर नयाँ प्रयासहरू मार्फत समाज रूपान्तरण गर्ने कुरामा उमेरले होइन, सोचले महत्व राख्ने कुरा स्पष्ट देखिन्छ ।
समाजसेवा, पत्रकारिता, रोबोटिक्स, कम्प्युटर प्रोग्रामिङ, उद्यमशीलता, सामाजिक चेतना, वातावरण संरक्षण, वा सामाजिक रूपान्तरणका कार्यहरूमा आफ्नो कौशलता देखाएका प्रतिभाशाली किशोरकिशोरीहरूले अनलाइन मार्फत निःशुल्क आवेदन दिन सक्छन् ।
साथै, तपाईंहरूले आफ्नो समुदायका उत्कृष्ट किशोरकिशोरीहरूको मनोनयन गर्न पनि सकिने छ ।












निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई
गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
प्रतिक्रिया