बिहीबार, वैशाख २४, २०८३

कोदो राष्ट्रिय दिवस घोषणा गर्ने प्रक्रिया अगाडि बढेको छः कृषिमन्त्री अधिकारी

मेरोन्यूज २०८१ साउन १५ गते २१:४७

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले आगामी वर्ष साउन १५ लाई राष्ट्रिय रूपमै कोदो दिवस घोषणा गरेर मनाइने बताएका छन्।

Advertisement
NiccNicc

राष्ट्रिय कृषक समूह महासंघ, नेपालद्वारा आयोजित चौंथो कोदो दिवसमा मन्त्री अधिकारीले यस्तो बताएका हुन्।

‘गैरसरकारी क्षेत्रबाट तपाईंहरूले साउन १५ लाई कोदो दिवसको रूपमा मनाउँदै आउनु भएको छ। यसलाई राष्ट्रिय रूपमै घोषणा गर्न म प्रयास गर्छु,’ उनले भने, ‘आगामी वर्ष हामी राष्ट्रिय दिवसकै रूपमा मनाउँछौं।’

महासंघले जेठमै कोदोलाई राष्ट्रिय दिवसको रूपमा घोषणा गर्न कृषि विभागलाई प्रस्ताव पेस गरेको थियो। प्रस्तावमा छलफल गरेर विभागले मन्त्रालयलाई प्रस्ताव राखेको थियो। 

सोही प्रस्तावअनुसार मन्त्रालयले सरोकारवालाहरूसँग छलफल गरी मन्त्री परिषदमा लैजाने तयार गरिरहेको मन्त्री अधिकारीले जानकारी दिए।

प्रतिक्रिया