पर्यटनमन्त्री र मिस माल्टाबीच भेटवार्ता

काठमाडौँ । नेपाल भ्रमणमा रहेको मिस माल्टा चेरिस स्पीटेरीसहितको टोलीले मंगलबार पर्यटनमन्त्री बद्री प्रसाद पाण्डेसँग भेटवार्ता गरेको छ । मंगलबार मन्त्रालयमा भएको भेटवार्ताका क्रममा समसामयिक विषयमा छलफल भएको माल्टाका लागि नेपालका पर्यटन दूत प्रकाश भण्डारीले जानकारी दिए ।
उनका अनुसार सो क्रममा माल्टाबाट नेपालमा कसरी पर्यटन भित्र्याउन सकिन्छ र पर्यटन प्रवर्द्धनमा मिस माल्टाको भूमिकाको विषयमा समेत छलफल भएको थियो । भेटका क्रममा एनआरएनए अभियन्ता सोम सापकोटा, एनआरएनए माल्टाका अध्यक्ष रेम्स खनाल समेतको सहभागिता थियो ।
यसैबीच मिस माल्टाको टोली मंगलबार नै दृष्टिविहीनहरु अध्ययनरत ‘ब्लाइन्ड चिल्ड्रेन स्कुल’मा पुगेका छन् । काठमाडौँको तारकेश्रमा अवस्थित उक्त स्कुलमा विद्यार्थीहरुसँग मिस माल्टासहितको टोलीले केहीबेर भलाकुसारी गरेका थिए भने केही आर्थिक सहयोग समेत गरिएको भण्डारीले जानकारी दिए ।
मिस माल्टा चेरिस स्पीटेरीसहितको टोली सोमबारदेखि नेपाल भ्रमणमा रहेको छ।
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
संसद् सचिवालयमा सर्वदलीय बैठक
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
प्रतिक्रिया