पर्यटनमन्त्री र मिस माल्टाबीच भेटवार्ता

काठमाडौँ । नेपाल भ्रमणमा रहेको मिस माल्टा चेरिस स्पीटेरीसहितको टोलीले मंगलबार पर्यटनमन्त्री बद्री प्रसाद पाण्डेसँग भेटवार्ता गरेको छ । मंगलबार मन्त्रालयमा भएको भेटवार्ताका क्रममा समसामयिक विषयमा छलफल भएको माल्टाका लागि नेपालका पर्यटन दूत प्रकाश भण्डारीले जानकारी दिए ।
उनका अनुसार सो क्रममा माल्टाबाट नेपालमा कसरी पर्यटन भित्र्याउन सकिन्छ र पर्यटन प्रवर्द्धनमा मिस माल्टाको भूमिकाको विषयमा समेत छलफल भएको थियो । भेटका क्रममा एनआरएनए अभियन्ता सोम सापकोटा, एनआरएनए माल्टाका अध्यक्ष रेम्स खनाल समेतको सहभागिता थियो ।
यसैबीच मिस माल्टाको टोली मंगलबार नै दृष्टिविहीनहरु अध्ययनरत ‘ब्लाइन्ड चिल्ड्रेन स्कुल’मा पुगेका छन् । काठमाडौँको तारकेश्रमा अवस्थित उक्त स्कुलमा विद्यार्थीहरुसँग मिस माल्टासहितको टोलीले केहीबेर भलाकुसारी गरेका थिए भने केही आर्थिक सहयोग समेत गरिएको भण्डारीले जानकारी दिए ।
मिस माल्टा चेरिस स्पीटेरीसहितको टोली सोमबारदेखि नेपाल भ्रमणमा रहेको छ।













समानुपातिक अधिकार कुण्ठित गरिएकोमा विरोध
Accidents on rise along under-construction highway
Russian Foreign Minister congratulates newly-appointed Foreign Minister Sharma
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
बाक्लो हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन प्रभावित
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
यी हुन् राप्रपाका समानुपातिक उम्मेदवार
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
प्रतिक्रिया