टिकटकको मुख्यालयका ६० कर्मचारीलाई फुड प्वाइजन

काठमाडौँ । टिकटकको मूल कम्पनी बाइट डान्सको सिंगापुर मुख्यालयका करिब ६० कर्मचारी खानामा विषाक्तता ( फुड प्वाइजन) का कारण बिरामी परेका छन् ।
मिडिया रिपोर्टका अनुसार मंगलबार ६० जनामा पेटसम्बन्धी समस्या देखिएको छ, जसमध्ये ५७ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।
स्वास्थ्य र खाद्य सुरक्षा अधिकारीहरूले यस विषयमा अनुसन्धान गरिरहेको बताइएको । बाइट डान्स कम्पनीले पनि कर्मचारी बिरामी परेको विषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।
बाइट डान्सको कार्यालयमा तेस्रो पक्षले खाना आपूर्ति गर्ने स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् । स्थानीय मिडियाका अनुसार घाइतेहरुको उपचारका लागि १७ एम्बुलेन्स पठाइएको थियो ।
बाइटका प्रवक्ताले कर्मचारीहरूको स्वास्थ्य र खाद्य सुरक्षालाई गम्भीरताका साथ लिएको उल्लेख गर्दै प्रभावित कर्मचारीको सहयोग गर्न तत्काल कदम चालेको बताएका छन् । उनले यस विषयमा अनुसन्धान गरिरहेको र सम्बन्धित निकायसँग मिलेर काम गरिरहेको बताएका छन् ।
















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
प्रतिक्रिया