रियलमीको इन्ट्री लेभलको फोन सी ६१ नेपालमा, मूल्य १३ हजार

काठमाडौं । नेपाली बजारमा रिलयमीको नयाँ फोन रियलमी सी ६१ उपलब्ध भएको छ । मंगलबारबाट बजारमा इन्ट्री लेभलको रियलमी सी ६१ स्मार्टफोन उपलब्ध भएको हो ।
६.५ इन्च आईपीएस एलसीडी प्यानल एचडी प्लस डिस्प्ले रहेको यस फोनमा ९० हर्ज रिफ्रेस रेट रहेको छ । रियलमी सी ६१ आईपीएस ५४ डस्ट तथा वाटर रेसिस्टेन्ट रहेको छ ।
फोनमा युनिसोक टि ६१२ चीपसेट प्रयोग गरिएको छ । यो फोन २ स्टोरेज भेरियन्टमा उपलब्ध रहेको छ । रियलमी सी ६१ ४ जीबी र्याम र ६४ जीबी स्टोरेज तथा ६ जीबी र्याम र १२८ जीबी स्टोरेजमा उपलब्ध रहेको छ ।
यसमा एन्ड्रोइडमा १४ मा आधारित रियलमी युआई ५.० अपरेटिङ सिस्टम राखिएको छ । रियलमी सी ६१ मा ३२ मेगापिक्सेलको रियर क्यामेरा राखिएको छ भने ५ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ ।
यसमा ५ हजार एमएएचको ब्याट्री राखिएको छ । फोनले १ हजार चार्जिङ साइकलपछि पनि ८० प्रतिशत ब्याट्री क्षमता रहने कम्पनीको दावी छ ।
४ जीबी रहेको रियलमी सी ६१ को मूल्य १३ हजार ४९९ रूपैयाँ र ६ जीबी र्याम भएको फोनको मूल्य १६ हजार ४९९ रूपैयाँ रहेको छ ।















भारतले भन्याे – लिपुलेक विवादमा नेपालसँग वार्ता गर्न तयार छाैं
धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति समितिबाट गुणाकर भट्टले दिए राजीनामा
सडक माथिबाट ढुङ्गा खस्दा कारमा आगलागी
नेपाल ‘ए’सँग स्कटल्यान्ड पराजित
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया