प्रदेशमा रोजगारी सिर्जना गर्न समझदारी

विराटनगर । निक्षेप तथा कर्जा सुरक्षण कोष काठमाडौँ र कोशी प्रदेश सरकारबीच विभित्र उद्यमशीलता र रोजगारमूलक कार्यक्रम गर्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको उपस्तिथिमा कोषका कार्यकारी अधिकृत रमेशकुमार घिमिरे र मुख्यमन्त्री कार्यालयका उपसचिव अर्जुनकुमार निरौलाले आज हस्ताक्षर गरे । उक्त समझदारीपछि कोशी प्रदेशका सर्वसाधारण नागरिकमा उद्यमशीलताको विकास र रोजगारका अवसर सिर्जना गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । सर्वसुलभ कर्जा प्रवाह गर्न बैङ्क तथा वित्तीय संस्थालाइ प्रोत्साहित गर्ने समझदारीपत्रमा उल्लेख गरिएको छ ।
सो अवसरमा मुख्यमन्त्री कार्कीले समझदारीले प्रदेशमा रोजगारीका नयाँ अवसर सिर्जना गर्न, सीप विकास गर्न, आर्थिकस्तर बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले भने, “अब प्रदेश नयाँ समझदारीका साथ अघि बढ्दा विकास र रोजगारीमा सहयोग पुग्नेछ ।”
कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले आज भएको समझदारीले नागरिकका अपेक्षा पूरा गर्न सहयोग गर्ने बताउँदै आगामी दिनमा प्रदेशमा नयाँ÷नयाँ काम गर्न सहज हुनेमा जोड दिए ।
कार्यक्रममा कोष तथा लेखा नियन्त्रक कार्यालयका कार्यकारी अधिकृत रमेशकुमार घिमिरेले कोशी प्रदेशमा युवा रोजगार, घरेलु उद्योग विकास र उद्यमशीलता विस्तारलाई समझदारीले नयाँ ढोका खोलेको बताए।
मुख्यमन्त्रीका आर्थिक सल्लाहकार डा मोहन सुवेदीले कोशीमा करिब एक हजार रोजगारी सिर्जना गर्नेगरी यो समझदारी गरिएको जानकारी दिए । उहाँले यथाशीघ्र रोजगारीका लागि मन्त्रालय तहमा समझदारी गरी अघि बढ्ने विश्वास व्यक्त गरे ।
प्रदेशमा १२ कक्षा उत्तीर्ण करिब एक हजार युवालाई तालिम दिई ‘अनलाइन’ रोजगारी यसै वर्ष दिने प्रदेश सरकारको तयारी रहेको सल्लाहकार डा सुवेदीले जानकारी दिए ।
















मुआब्जा विवादले रेल्वेको काम रोकियो
कतारको ग्यास पूर्वाधारमा थप आक्रमण भएमा इरानको ग्यास क्षेत्र ध्वस्त पारिदिने ट्रम्पको चेतावनी
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
कीर्तिमानको रोचक यात्राः राेनाल्डाे पछि मेसी बने ९०० गाेलकाे राेचक यात्रा पुरा गर्ने फुटबलर
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
सेवा प्रवाहमा जिल्ला प्रशासन कार्यालय काठमाडौँको नवीनतम मोडेल उत्कृष्ट
प्रतिक्रिया