काभा महिला भलिबल : नेपाल र भारतको विजयी सुरुवात
मेरोन्यूज
२०८१ साउन १७ गते २०:३१

काठमाडौं । काभा महिला भलिबल नेसन्स लिग प्रतियोगिताअन्तर्गत आजको दोस्रो खेलमा भारतले इरानलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको खेलमा भारतले इरानलाई ३-१ को सेटमा पराजित गरेको हो ।
खेलको पहिलो र दोस्रो सेट भारतले २५–२० र २५–१८ ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेटमा इरानले पुनरागमन गर्दै २५–१९ ले खेल जित्यो । त्यसपछिको सेटमा इरानलाई २५–१० ले पराजित गरेपछि भारतको जित पक्का भयो ।
प्रतियोगिताअन्तर्गत आजै भएको पहिलो खेलमा नेपालले श्रीलङ्कालाई ३–० को सोझो सेटमा पराजित गरेको थियोे ।
सम्बन्धित











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
प्रतिक्रिया