धीरज नाथको देउडा गीत ‘लेकमको सेरोफेरो’ सार्वजनिक

काठमाडौं । प्रगतिशील सष्टा धीरज नाथको नयाँ गीत ‘लेकमको सेरोफेरो, मायाँ छ कि छैन मेरो’ बोलको देउडा गीत सार्वजनिक भएको छ ।
सष्टा नाथको स्वर, संगीत र रचना रहेको गीतमा आरती बिष्टको समेत स्वर रहेकाे छ । देउडा भाका र डाेटेली भाषामा परदेसिएको दाजु र गाउँमा रहेकी बैनीबीचको संवादको आधारमा तयार पारिएको गीतमा माया, दुख, पिडा र राष्ट्रप्रेमलाई अभिव्यक्त गरिएको छ ।
‘अपि हिमालमा घाम झुलुक्क, घर सम्झी राेइरहन्छु बैना खाडी मुलुक´ भन्दै सुरु गरिएको गीतमा ‘ काेइ त हुन्ना देश बनाउने आमाको सपूत’ भनी देश बनाउने सपूतकाे खाेेजी समेत गरिएको छ । त्यस्तै ‘ लिम्पियाधुरा र कालापानीकाे, नाकै काटिन्या भाे बैना स्वाभिमानीकाे ‘ जस्ता शब्दप्रयाेगले गीतमार्फत राष्ट्रप्रेम प्रकट गरिएको छ ।
वर्तमान नेपाली समाजको राजनीतिक र सामाजिक र आर्थिक यथार्थतालाई उतारिएको गीतको संगीत संयोजनमा बीरसिंह नाथ, बाँसुरीमा रतन बि.क, ढोलकमा भरत र मिक्सीङमा सबिन मगरले साथ दिएका छन् ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले विश्व सङ्गीत दिवसको अवसरमा राष्ट्रिय गीत लेखन प्रतियोगिता २०८१’ मा सुदूरपश्चिम प्रदेशबाट सर्वाेत्कृष्ट बन्न सफल नाथले अहिले नयाँ गीत ल्याएर स्राेतामझ आएका हुन् ।
हुरी स्टिडियो ललितपुरमा रेकर्ड गरिएको गीत ‘न्याउली भाका’ युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।
















वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र अनिवार्य रुपमा राख्न अनुरोध
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
आज चैत २४ गते मंगलबारको राशिफल, कस्तो रहला तपाइको आजको दिन ?
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
रातभर प्रहरीको ‘अपरेसन सेफ्टी काठमाडौं’ : १९५ जना पक्राउ
प्रतिक्रिया