केरलाका पहिरो पीडितलाई अल्लु अर्जुनकाे २५ लाख सहयाेग

काठमाडौं । केरलाको वायनाडमा जुलाई २९ र ३० मा भीषण वर्षापछि आएको पहिरोमा परी मृत्यु हुनेको संख्या ३६५ पुगेको छ। पहिरोमा परी २०६ जना अझै बेपत्ता छन् ।
घटना भएको आज छैटौं दिन आइतबार (अगस्ट ४) पनि खोजी तथा उद्धार कार्य जारी रहेको छ ।
यसैबीच कलाकारहरुले पीडितहरुको राहात तथा उद्धारका लागि सहयोगको हात अघि बढाएका छन्। साउथ स्टार अल्लु अर्जुनले केरला मुख्यमन्त्री राहत कोषमा २५ लाख भारु दान गरेका छन् । अभिनेताले सामाजिक सञ्जाल ट्विटरमार्फत यसबारे जानकारी दिएका हुन् ।
I am deeply saddened by the recent landslide in Wayanad. Kerala has always given me so much love, and I want to do my bit by donating ₹25 lakh to the Kerala CM Relief Fund to support the rehabilitation work. Praying for your safety and strength . @CMOKerala
— Allu Arjun (@alluarjun) August 4, 2024
यो कदमपछि अल्लुका सर्मथनकले निकै तारिफ गरिरहेका छन् । यस्तै अभिनेत्री रश्मिका मन्दनाले १० लाख रुपैयाँ दान गरेकी छन् ।
अमोहनलाल, नयनतारा, सूर्या, फहद फाजिल, विग्नेश शिवन, विक्रम, आसिफ अलीलगायत अन्य धेरै कलाकारले पनि पीडितलाई सहयोग गरेको बताइएको छ ।










प्रधानमन्त्रीले बोलाइन् सुरक्षा परिषद् बैठक
मुग्लिन-पोखरा पश्चिम खण्डमा दैनिक ६ सयलाई रोजगारी
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु, अरनिको राजमार्ग अवरुद्ध
नेपाल बैंक लिमिटेडद्वारा दुनैमा ‘एटिएम’ सेवा आरम्भ
सिञ्जाको रनुखानामा झोलुङ्गे पुल निर्माण
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
प्रतिक्रिया