राष्ट्रिय जनगणनामा सहयोग गर्न सरकारको आग्रह
गणना सुरु हुन ६१ दिन बाँकी

काठमाडौं । आसन्न राष्ट्रिय जनगणनाका लागि घरदैलोमा आउने सुपरिवेक्षक र गणकलाई सही विवरण उपलब्ध गराइदिन सरकारले आग्रह गरेको छ ।
आगामी बैशाख २६ देखि जेठ १४ गतेसम्म घर तथा घरपरिवार सूचीकरण गर्ने राष्ट्रिय तथ्याङ्क विभागले जनाएको छ । जेठ २५ देखि असार ८ गतेसम्म सुपरिवेक्षक र गणक प्रश्नावली फारम भराउनका लागि घरदैलोमा आउने विभागले उल्लेख गरेको छ ।
नागरिकले सही सूचना दिए सरकारले पनि सही सूचना संकलन गर्ने भएकाले घरदैलोमा आउने सुरपरिवेक्षक तथा गणकलाई सही विवरण उपलब्ध गराइदिन सरकारले आग्रह गरेको हो ।
सरकारले यस पटकको जनगणनाका लागि मेरो गणना मेरो सहभागिता भन्ने नारा तय गरेको छ । यसपटक गर्न लागिएको १२औं जनगणना हो । नेपालमा बिस १९६८ बाट जनगणना सुरु भएको थियो ।
यो जनगणनाले देशव्यापी रूपमा तथ्याङ्क सङ्कलन गरेको थियो। यस जनगणना अनुसार नेपालको कुल जनसङ्ख्या ५६ लाख ३८ हजार ६ सय ४९ थियो भने जनसङ्ख्या बृद्धिदर ऋणात्मक थयो ।
यस जनगणनामा घरमुलीको अचल सम्पत्ति र चौपाया सम्बन्धी विवरणबाहेक जनगणनामा हुनुपर्ने सामाजिक, आर्थिक, व्यक्तिगत र जनसांख्यिक विशेषताहरूलाई समेट्न सकेको थिएन जसका कारण यस जनगणनालाई वैज्ञानिक मानिएको छैन। यो मान्छेको टाउकाको गणनामा मात्र सिमित थियो ।
यसैबीच मोरङमा भने राष्ट्रिय जनगणनामा स्थानीय भाषा बोल्ने बाहुल्य भएका क्षेत्रमा सोही भाषीका गणक खटाउन सहभागीहरुले सुझाव दिएका छन् ।
जिल्ला जनगणना कार्यालय क र ख द्वारा बिहीबार आयोजित जिल्लास्तरीय सचेतना गोष्ठीमा सहभागीले गणकलाई खटाउँदा अनुगमन गर्नुपर्ने, सार्वजनिक सूचना सम्प्रेषण गर्नुपर्ने, विराट राजवंंशीको भाषा, जातिको समूह जनाउने कोलम राख्नुपर्ने र स्वास्थ्य सम्बन्धमा दीर्घरोगीका विषयमा आवश्यक कोलम राख्नुपर्नेजस्ता सुझाव दिएका थिए ।
केन्द्रीय तथ्याङ्क विभागका निर्देशक रामहरि गैरेले राष्ट्रिय जनगणना–२०७८ संक्षिप्त जानकारी एवं तयारी कार्यसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै आउँदो जनगणनामा ७० लाख घरपरिवार र तीन करोड जनसङ्ख्या हुने बताए ।
मोरङका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला जनगणना संयोजक कोषहरि निरौलाले जनगणनाले जनसङ्ख्या, धर्म, संस्कृति, भाषालगायतका क्षेत्रका समानुपातिक, समावेशी सिद्धान्तका रूपमा राज्यलाई सही तथ्याङ्कक उपलब्ध हुने विचार व्यक्त गरे ।
प्रदेश जनगणना कार्यालयका निर्देशक तीर्थराज बरालले जनगणना विधि, अवधारणा र परिभाषा विषयमा कार्यपत्र प्रस्तुत गर्दै वैज्ञानिक विधिमार्फत गणकको छनोट गरिएको र स्थानीयवासीलाई प्राथमिकता दिइएको बताए ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख सन्तोष खड्काले मूलघरबाट अन्यत्र बहाल वा कार्यको कारणवश बसेकाका परिवारका सदस्यका सम्बन्धमा गणना दोहोरिने सम्बन्धमा सचेत हुन जरुरी रहेको बताए ।
















मालपोत कार्यालयको सेवा प्रवाहमा अवरोध गर्ने १६ जना पक्राउ
इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ नेपाली बजारमा सार्वजनिक
पाँचथरमा जिप दुर्घटना हुँदा युवकको मृत्यु
राजस्व चुहावट नियन्त्रणका लागि कार्ययोजना बनाएर काम गर्न निर्देशन
NCP takes critical stand in parliament, Barsha Man Pun says
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
प्रतिक्रिया