साक्षरता दर बढाउन विश्वविद्यालयसँग साझेदारी गर्दै मधेस सरकार

जनकपुर । मधेस प्रदेश सरकारले प्रदेशको साक्षरता दर बढाउन विभिन्न विश्वविद्यालयसँग साझेदारी गर्ने तयारी गरेको छ ।
यसका लागि मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामस्थित राजर्षी जनक विश्वविद्यालयका पदाधिकारी र अन्य सरोकार भएकासँग पनि छलफल प्रारम्भ गरेको मुख्यमन्त्री सिंहको सचिवालयले जनाएको छ ।
गरिबी र अन्य समस्याका कारण शिक्षाबाट वञ्चित व्यक्तिलाई शिक्षाको पहुँचमा ल्याउन आवश्यक सहकार्यसहित अगाडि बढ्नुपर्नेमा मुख्यमन्त्री सिंहको जोड छ ।
“यहाँ अन्य प्रदेशको तुलनामा साक्षरता दर कम छ । त्यसैले साक्षरता अभियानलाई तीव्र तथा सघन रूपमा अगाडि बढाउनुपर्ने आवश्यकता छ । सरकारी तथा गैरसरकारी क्षेत्रसँग उपलब्ध जनशक्ति त्यसका लागि पर्याप्त हुँदैनन् । त्यसैले विश्वविद्यालयका विद्यार्थीलाई स्वयंसेवकका रूपमा परिचालन गरेर अगाडि बढ्न सकिन्छ । त्यसका लागि प्रारम्भिक छलफल आरम्भ गरेका छौँ”, मुख्यमन्त्रीलाई उद्धृत गर्दै सचिवालयले भनेको छ ।
पछिल्लो जनगणनाअनुसार मधेस प्रदेशमा सातै प्रदेशमध्ये सबैभन्दा कम ६३ दशमलव ५ प्रतिशत साक्षरता दर रहेको छ । देशमै सबैभन्दा कम साक्षरता भएका जिल्लामध्ये मधेस प्रदेशकै रौतहट, महोत्तरी, सर्लाही र बारा छन् ।











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
प्रतिक्रिया