जीवन जीवनमा १ खर्ब ५६ अर्बको कारोबार

काठमाडौं । जीवन बीमा कम्पनीहरुले साढे १ खर्ब बढी कुल बीमाशुल्क संकलन गरेका छन् । आर्थिक वर्ष २०८०/ ८१ को असार महिनासम्ममा जीवन बीमा कम्पनीहरुले कुल १ करोड ३७ लाख ७४ हजार ६३५ वटा बीमालेख जारी गरी कुल १ खर्ब ५६ अर्ब ३३ करोड १४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।
यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कुल बीमाशुल्क संकलन गरको छ । कम्पनीले समीक्षा अवधिमा ४० अर्ब ८५ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको २६ प्रतिशत हिस्सा ओगटेको छ । दोस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले यस अवधिमा १९ अर्ब २० करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको १२ दशलमव २८ प्रतिशत हिस्सा ओगटेको हो । तेस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले यस अवधिमा १८ अर्ब १० करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको ११ दशमलव ५८ प्रतिहत हिस्सा ओगटेको छ ।
त्यस्तै, हिमालयन लाइफले १६ अर्ब ६० करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको १० दशमव ६२ प्रतिशत हिस्सा ओगटेको हो । सूर्यज्योति लाइफले यस अवधिमा ९ अर्ब ५० करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको ६ दशलमव ८ प्रतिशत हिस्सा रहेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीले ८ अर्ब ७१ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको ५ दशलमव ५७ प्रतिशत हिस्सा ओगटेको छ ।
त्यसैगरी एशियन लाइफले ८ अर्ब ५ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको ५ दशमलव १५ प्रतिशत हिस्सा रहेको छ । सिटिजन लाइफले ६ अर्ब २१ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको ३ दशलमव ९८ प्रतिशत हिस्सा ओगटेको छ । सानिमा रिलयान्स लाइफले ६ अर्ब १८ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको ३ दशलमव ९६ प्रतिशत हिस्सा ओगटेको हो ।
यता, मेट लाइफले ५ अर्ब ६७ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको ३ दशमलव ६३ प्रतिशत हिस्सा ओगटेको छ । आइएमर्य लाइफले ४ अर्ब ७४ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको ३ दशमलव ०३ प्रतिशत हिस्सा ओगटेको हो । प्रभु महालक्ष्मी लाइफले ४ अर्ब ३७ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको २ दशमलव ८० प्रतिशत हिस्सा ओगटेको हो । रिलायबल नेपाल लाइफले ४ अर्ब २० करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको २ दशमलव ६९ प्रतिशत हिस्सा ओगटेको हो । सन नेपाल लाइफले ३ अर्ब ८८ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको २ दशमलव ४९ प्रतिशत हिस्सा ओगटेको छ ।
















नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन
मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्यो उपग्रह तस्बिर
धुरन्धर – २ ले तीन दिनमा कति कमायाे ?
अमेरिकी–इरानी तनावः ट्रम्पले दिए ४८ घण्टे अल्टिमेटम
बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
प्रतिक्रिया