शुक्रबार, पुष १८, २०८२

भारत काभा महिला भलिबलको फाइनलमा

मेरोन्यूज २०८१ साउन २२ गते १६:३९

काठमाडौँ । भारत काठमाडौँमा जारी काभा महिला भलिबलको फाइनलमा पुगेको छ ।

भारतले मंगलबार सम्पन्न पहिलो सेमिफाइनलमा श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो ।

अब भारतले उपाधिका लागि नेपाल र इरानबीच आजै हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्ने भएको छ ।

दोस्रो सेमिफाइनल खेल आजै केहीबेरमा शुरु हुदै छ ।
त्यस्तै फाइनल खेल बुधबार अपराहन्न ५ बजेदेखि शुरु हुने छ ।

प्रतिक्रिया