बीमा प्राधिकरणबाट २८७ मुद्दा टुंग्याउन बाँकी, १५० वटा फर्छ्यौट

काठमाडौं । नेपाल बीमा प्राधिकरणबाट गत आर्थिक वर्ष २०८०।८१ मा १५० वटा मुद्दा फर्छ्यौट भएको छ।
प्राधिकरणका तथ्यांकअनुसार गत आर्थिक वर्षमा १०१ मुद्दाको फैसला र ४९ वटा मुद्दामा सहमति गरी कुल १५० वटा मुद्दा फर्छ्यौट भएको हो।
प्राधिकरणमा गत आर्थिक वर्षमा १९२ वटा अघिल्लो आर्थिक वर्षबाट सरेर आएको थियो भने २४४ वटा नयाँ मुद्दा दर्ता भएका थिए। एउटा मुद्दा पुनरावेदनबाट आएको प्राधिकरणले जनाएको छ। जसअनुसार गत आर्थिक वर्षमा प्राधिकरण कुल ४३७ वटा मुद्दा रहेको थियो।
अब २८७ वटा मुद्दा चालु आर्थिक वर्ष २०८१।८२ का लागि सरेर आएको प्राधिकरणले जनाएको छ।
अघिल्लो आर्थिक वर्ष २०७९।८० मा प्राधिकरणबाट १४९ वटा मुद्दा फर्छ्यौट भएको थियो। अघिल्लो आर्थिक वर्षमा पनि आर्थिक वर्ष २०७८।७९ बाट १८६ वटा मुद्दा सरेर आएको र १५५ वटा नयाँ पर्दा कुल ३४१ वटा मुद्दा थियो। त्यसमध्ये फर्छ्यौट हुन बाँकी १९२ वटा मुद्दा गत आर्थिक वर्षमा सरेर आएको थियो।
















नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन
मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्यो उपग्रह तस्बिर
धुरन्धर – २ ले तीन दिनमा कति कमायाे ?
अमेरिकी–इरानी तनावः ट्रम्पले दिए ४८ घण्टे अल्टिमेटम
बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
प्रतिक्रिया