बीमा प्राधिकरणबाट २८७ मुद्दा टुंग्याउन बाँकी, १५० वटा फर्छ्यौट

काठमाडौं । नेपाल बीमा प्राधिकरणबाट गत आर्थिक वर्ष २०८०।८१ मा १५० वटा मुद्दा फर्छ्यौट भएको छ।
प्राधिकरणका तथ्यांकअनुसार गत आर्थिक वर्षमा १०१ मुद्दाको फैसला र ४९ वटा मुद्दामा सहमति गरी कुल १५० वटा मुद्दा फर्छ्यौट भएको हो।
प्राधिकरणमा गत आर्थिक वर्षमा १९२ वटा अघिल्लो आर्थिक वर्षबाट सरेर आएको थियो भने २४४ वटा नयाँ मुद्दा दर्ता भएका थिए। एउटा मुद्दा पुनरावेदनबाट आएको प्राधिकरणले जनाएको छ। जसअनुसार गत आर्थिक वर्षमा प्राधिकरण कुल ४३७ वटा मुद्दा रहेको थियो।
अब २८७ वटा मुद्दा चालु आर्थिक वर्ष २०८१।८२ का लागि सरेर आएको प्राधिकरणले जनाएको छ।
अघिल्लो आर्थिक वर्ष २०७९।८० मा प्राधिकरणबाट १४९ वटा मुद्दा फर्छ्यौट भएको थियो। अघिल्लो आर्थिक वर्षमा पनि आर्थिक वर्ष २०७८।७९ बाट १८६ वटा मुद्दा सरेर आएको र १५५ वटा नयाँ पर्दा कुल ३४१ वटा मुद्दा थियो। त्यसमध्ये फर्छ्यौट हुन बाँकी १९२ वटा मुद्दा गत आर्थिक वर्षमा सरेर आएको थियो।










देउवा, ओली र प्रचण्डसँग छलफल गर्दै राष्ट्रपति पौडेल
अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु
कांग्रेस नयाँ नेतृत्वका साथ चुनावमा जानुपर्छ : नेता पौडेल
महिला टी-२० विश्वकप ग्लोबल छनोटको तालिका सार्वजनिक
काठमाडौँमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया