अग्नि सापकोटाविरुद्धको मुद्धाको फैसला आज आउदै

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि प्रसाद सापकोटाविरुद्ध रिटको आदेश आज आउदै छ ।
यस रिट बारे संवैधानिक इजलासमा अन्तिम सुनुवाइ सकिएर आज निर्णय सुनाउने मिति तय भएको थियो । यसअघि असfर १२ गते निर्णय सुनाउनका लागि मिती तय भएर पनि स्थगित भएको थियो ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासमा उक्त रिटको सुनुवाइ भएको थियो । आज यहि न्यायाधीशहरुको संबैधानिक इजलासले यस मुद्धामा आदेश दिदै छ ।
काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको संलग्नता रहेको दाबीसहित तत्काल कर्तव्य ज्यान मुद्दा अनुसन्धान अघि बढाउन माग गर्दै उनकी श्रीमती पूर्णिमाया लामाले २०६९ मंसिर ७ गते रिट निवेदन दायर गरेकी थिइन् ।
माओवादी द्वन्द्व चलिरहेका बेला २०६२ साल वैशाखमा काभ्रेको छत्रबाँझको कृष्ण मा.वि. व्यवस्थापन समितिका अध्यक्ष रहेका लामाको माओवादी कार्यकर्ताबाट हत्या भएको थियो ।

















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
प्रतिक्रिया