सर्वोच्चको न्यायाधीश बन्न सुवेदीको योग्यता पुगेको छैन : सर्वोच्च बार

काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएसनले सर्वोच्च अदालतका न्यायाधीशमा सिफारिस भएका नहकुल सुवेदीको योग्यता नपुगेको ठहर गरको छ ।
बार एशोसिएसनले यसबारे गम्भीर हुन आग्रह गर्दै संसदीय सुनुवाइ समितिलाई ज्ञापन पत्र बुझाएको छ । न्याय परिषद्ले २८ फागुनमा सर्वोच्चको न्यायाधीशका लागि उच्च अदालतका मुख्य न्यायाधीशहरु कुमार चुडाल र नहकुल सुवेदीको नाम सिफारिस गरेको थियो ।
संसदीय सुनुवाइ समितिले उनीहरुको संसदीय सुनुवाइ गर्ने तयारी छ । बुधबार बसेको सर्वोच्च बारको सल्लाहकार समितिको बैठकले पनि सर्वोच्च अदालतको न्यायाधीश हुन सुवेदीको योग्यता नपुगेको भन्दै सुनुवाइ समितिको ध्यानाकर्षण गराउनुपर्नेमा जोड दिएको थियो । त्यसैअनुसार सर्वोच्च बारले शुक्रबार समितिका सभापति लक्ष्मणलाल कर्णलाई ज्ञापनपत्र बुझाएको छ ।
सुवेदीको संविधानको धारा १२९ को उपधारा ५ अनुसार योग्यता नपुगेको र संविधानको मर्म र भावना विपरीत उनको नाम सिफारिस भएको भन्दै सर्वोच्च बारले यसप्रति गम्भीर हुन आग्रह गरेको छ । सुवेदीको नियुक्ति सिफारिसविरुद्ध सर्वोच्चमा पनि मुद्दा परेको छ । यसकोे फैसला ३० चैतमा हुँदैछ ।

















नेपालगञ्जमा ‘टुर द ठाकुरद्वारा’ साइकल महोत्सव सुरु
76th Democracy Day celebrated in Portugal
6,622 students of Pokhara University being graduated today
13 days to HoR Elections: EC opens TikTok competition for election publicity
प्यूठानी जनता यसपटक परिवर्तनको पक्षमा
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो
नबिल स्मार्ट नारी घर कर्जा : लचिलाे किस्ता सुविधाका कारण आकर्षण बढ्दै
प्रतिक्रिया