सर्वोच्चको न्यायाधीश बन्न सुवेदीको योग्यता पुगेको छैन : सर्वोच्च बार

काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएसनले सर्वोच्च अदालतका न्यायाधीशमा सिफारिस भएका नहकुल सुवेदीको योग्यता नपुगेको ठहर गरको छ ।
बार एशोसिएसनले यसबारे गम्भीर हुन आग्रह गर्दै संसदीय सुनुवाइ समितिलाई ज्ञापन पत्र बुझाएको छ । न्याय परिषद्ले २८ फागुनमा सर्वोच्चको न्यायाधीशका लागि उच्च अदालतका मुख्य न्यायाधीशहरु कुमार चुडाल र नहकुल सुवेदीको नाम सिफारिस गरेको थियो ।
संसदीय सुनुवाइ समितिले उनीहरुको संसदीय सुनुवाइ गर्ने तयारी छ । बुधबार बसेको सर्वोच्च बारको सल्लाहकार समितिको बैठकले पनि सर्वोच्च अदालतको न्यायाधीश हुन सुवेदीको योग्यता नपुगेको भन्दै सुनुवाइ समितिको ध्यानाकर्षण गराउनुपर्नेमा जोड दिएको थियो । त्यसैअनुसार सर्वोच्च बारले शुक्रबार समितिका सभापति लक्ष्मणलाल कर्णलाई ज्ञापनपत्र बुझाएको छ ।
सुवेदीको संविधानको धारा १२९ को उपधारा ५ अनुसार योग्यता नपुगेको र संविधानको मर्म र भावना विपरीत उनको नाम सिफारिस भएको भन्दै सर्वोच्च बारले यसप्रति गम्भीर हुन आग्रह गरेको छ । सुवेदीको नियुक्ति सिफारिसविरुद्ध सर्वोच्चमा पनि मुद्दा परेको छ । यसकोे फैसला ३० चैतमा हुँदैछ ।










सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु
राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पाठक नियुक्त
एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
आजदेखि बाघ गणना हुँदै
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
प्रतिक्रिया