मन्त्री प्रभु साहको प्रचण्डलाई ६ प्रश्न

काठमाडौं । नेकपा माओवादी केन्द्र परित्याग गरेर एमाले प्रवेश गरेका सहरी विकास मन्त्री प्रभु साहले नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)सँग नैतिकताको ६ प्रश्न उठाएका हुन्।
मन्त्री साहले नेकपा एमालेसँग साझा घोषणापत्र र संयुक्त मतबाट चुनाव जित्ने र एउटा पार्टिको अनुशासनको कुरा गर्ने , आफैले पार्टि एकता गर्ने र अरुलाई दल त्यागको ओरोप लगाउने लगायतका ६ प्रश्न गरेक हुन्।
साथै उनले सरकारको समर्थन फिर्ता नलिएको कुरालाई समेत इंगित गर्दै, एकतिर सरकारलाई समर्थन गरीराख्ने र अर्कोतिर सरकारको राजिनामा माग्ने भनी प्रश्न उठाएका छन् ।
नेकपा अध्यक्षको हैसियतमा अदालत धाईराख्ने र माओवादी केन्द्रको स्पष्टीकरणको पत्र काट्ने, आफुले बनाउँदै नबनाएको मन्त्रीलाई राजिनामा गर्न निर्देशन दिने, दल त्यागेको कानुन व्यक्ति पिछे फरक फरक हुने जस्ता प्रश्न मन्त्री साहले उठाएका छन् ।
प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अन्य राजनिक दलमा गतिविधि गरेको देखिएकाले २०७३ को दफा ३४ को उपदफा १ बमोजिम ४ सांसदलाई पदमुक्त भएको घोषणा गरेका थिए ।
सांसद नरहेको व्यक्ति पनि ६ महिनासम्म मन्त्री बन्न सक्ने संवैधानिक व्यवस्था रहेको छ । साह सहित ४ जना मन्त्रीलाई शुक्रबारनै राष्ट्रपति कार्यालयले मन्त्रीमा पुनर्नियुक्ति गरेको पत्र पठाएको छ ।

















कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
क्यानडाविरुद्ध नेपालको सानदार जित
काठमाडौँ– ४ को क्रमशः तातेको चुनावी माहोल
निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छः प्रधानमन्त्री कार्की
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया