त्रिवेणी मोटोकर्पले भित्र्याएको कामा ब्रान्डका विद्युतीय गाडीको बिक्री सुरु

काठमाडौं। त्रिवेणी मोटोकर्प प्रा.लि.ले कामा ब्राण्डको ११ र १४ सिट क्षमताका भ्यान तथा माइक्रोवसको पनि विक्री वितरण सुरु गरेको छ ।
कमर्सियल र प्यासेन्जर दुबै प्रयोजनमा प्रयोग हुने इलेक्ट्रिक भ्यानको माग नेपालमा बढ्न थालेपछि पछिल्लो समय त्रिवेणी ग्रुप अन्तर्गत त्रिवेणी मोटोकर्पले, चीनको स्याङडो∙ कामा अटोमोवाईल कंम्पनी लिमिटेड बाट आधिकारिक वितरक नियुक्त भए पश्चात् कंपनीले इलेक्ट्रिक भेहिकलहरु आयात गरी विक्री वितरण शुरु गरेको हो ।
स्याङडो∙ कामा अटोमोवाईल कंम्पनी लिमिटेड चाइनाको ठूला कमर्सियल र प्यासेन्जर गाडी निर्माता मध्येका एक रहेको र यसका कंम्पनीका उत्पादनहरु विश्वका ६० देशहरुमा विक्रि वितरण हुदै आएको छ ।
हाल त्रिवेणी मोटोकर्पले सो कंम्पनीका ११ सिट र १४ सिटको कामा इलेक्ट्रिक प्यासेन्जर र १.५ टन क्षमताभएको पीक अप भ्यानको विक्रि वितरण सुरुगरेको छ ।
विजुली गाडीको प्रर्वधन मार्फत् वातावरणीय सुधारको क्षेत्रमा योगदान गरी यातायात क्षेत्रमा आवद्ध सवै पक्षको समान लाभको लागी कार्य गर्ने उद्देश्य त्रिवेणी मोटोकर्प प्रा.लि.ले लिएको जनाएको छ ।
११ र १४ सिट क्षमताको कामा ई.भी. माइक्रोमा क्रमस ३५ र ७० किलोवाट क्षमताको मोटर रहेको छ भने ४२ किलोवाट आवरको लिथियम आयन ब्याट्रीले एक फुल चार्जमा २८० कि.मी रेञ्ज प्रदान गर्ने गर्दछ । कामा का सबै इलेक्ट्रिक भ्यानहरुमा सि.ए.टी.एल. व्याट्रि जडित रहेका छन् ।
कंम्पनीले उक्त रेञ्जहरु ४० कि.मी. प्रती घण्टाको गतीमा गाडी चलाएमा प्राप्त गर्न सकिने जनाएको छ भने बाटोको अवस्था, तापक्रमको आधार, चालकको ई.भी. संचालनको अनुभव तथा ट्राफिक अवस्था का आधारमा त्रिवेणी मोटोकर्पले रेञ्ज परिक्षण गर्दा २५० कि.मि. को रेञ्ज सजिलै पाईने जनाएको छ ।
त्रिवेणी मोटोकर्पले विक्री पछिको सेवालाई मध्यनजर गर्दै देशको विभिन्न स्थानमा सुविधा सम्पन्न सर्भिस सेन्टरको स्थापना गरिसकेको छ, साथै आवश्यक पार्टस्हरुको व्यवस्था पनि गरिसकेको जनाएको छ । यसवाट विक्रि पछिको सेवालाई सुचारु गर्न प्रशिक्षित तथा अनुभवी सर्भीस टिमको पनि व्यवस्था गरिसकेको हुनाले ग्राहकहरुले ढुक्क सँग कामा ब्रान्डका गाडी छनौट गर्न सक्नुहुनेछ भनी कंपनीले जनाएको छ । कंपनीले सर्भिस सम्वन्धि व्यवस्थाहरुको निरिक्षण तथा भ्रमण गर्न ग्राहकहरुसँग अनुरोध समेत गरेको छ ।
















नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन
मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्यो उपग्रह तस्बिर
धुरन्धर – २ ले तीन दिनमा कति कमायाे ?
अमेरिकी–इरानी तनावः ट्रम्पले दिए ४८ घण्टे अल्टिमेटम
बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
प्रतिक्रिया