मंगलबार, पुष ८, २०८२

कोशी प्रदेशमा शुक्रबार सार्वजनिक बिदा

मेरोन्यूज २०८१ साउन २४ गते १९:०५

विराटनगर। कोशी प्रदेश सरकारले भोलि प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आजको बैठकले विश्व अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसका अवसरमा प्रदेशभर बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीले जानकारी दिए ।

सो दिवस मनाउन प्रदेशभित्रका सबै सरकारी कार्यालय, स्थानीय तह, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थामा बिदा दिने निर्णय भएको प्रवक्ता अधिकारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया