महिलाहरूमा प्रोटिनको कमीले देखिने लक्षणहरू

एक सामान्य महिलालाई हरेक दिन कम्तीमा ५० ग्राम प्रोटिन चाहिन्छ । प्रत्येक ग्राम प्रोटिनले ४ क्यालोरी ऊर्जा उत्पादन गर्छ । यसबारे हरेक महिला सचेत हुनुपर्छ र आफ्नो खानपानलाई पनि त्यही अनुसार कायम राख्नुपर्छ ।
धेरैजसो महिलाहरूलाई प्रोटिनको फाइदाहरूको बारेमा विस्तृत जानकारी हुँदैन । किनभने उनीहरूले डाक्टरबाट लिखित निर्देशन नआएसम्म आफूलाई ध्यान दिँदैनन् ।
तर महिलाले आफ्नो खानपिनको ख्याल गर्नु निकै जरुरी हुन्छ । प्रोटिनको कमीका कारण महिलाहरूको मांसपेशीमा हानि हुन सक्छ । मिर्गौला सम्बन्धी समस्या वा चिडचिडापन पनि प्रोटिनको कमीको सङ्केत हुन सक्छ । यदि प्रोटिनको मात्रा धेरै भयो भने यसले तौल बढ्न सक्छ । आहारमा पर्याप्त मात्रामा प्रोटिनले यी समस्याबाट छुटकारा पाउन सक्छ ।
प्रोटिनले मांसपेशीलाई, शरीरमा अक्सिजन र रगत प्रवाह गर्ने, पाचन राम्रो बनाउने, कोलेस्ट्रोल कम गर्ने, कपाल, नङ, हड्डी र छालाको निर्माणमा सहयोग गर्छ । यसको लागि शरीरमा पर्याप्त मात्रामा प्रोटिन हुनुपर्छ । केही लक्षणहरूले शरीरमा प्रोटिनको कमी भएको लक्षणहरू देखाउँछ ।
लक्षणहरू
छिटो थकान महसुस हुने ।
छिटो भोक लाग्ने ।
धेरै मुड परिवर्तन भइरहने ।
हातखुट्टा सुनिने ।
छिटो छिटो बिरामी हुने ।
कपाल र नङ कमजोर हुने ।
छाला सुख्खा हुने ।
–एजेन्सीको सहयोगमा









नेपालपे कार्ड जारी गर्ने सम्बन्धमा एनआइसी एसिया बैंक र एनसिएचएल बीच सम्झौता
महाधिवेशनका लागि समय कम भयोः शशांक कोइराला
बेनी–जोमसोम–कोरला सडकः म्याग्दी खण्ड स्तरोन्नति
जनकपुरविरुद्ध टस जितेर ब्याटिङमा चितवन
मंगलबार कति छ सुनको भाउ ?
इमरान खानको अवस्थाबारे पाकिस्तानी सिनेटरले के भने ?
एनपिएलमा पहिलोपटक विदेशी कप्तान
मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि
आज मंसिर १५ गते सोमबार, कस्ताे रहला तपाइकाे राशिफल ?
प्रतिक्रिया