पुर्व पतीका बिबाहलाई लिएर सामान्था मौन

मुम्बइ । अभिनेत्री सामन्था रुथ प्रभुका पूर्व पति र अभिनेता नागा चैतन्यले अगस्ट ८, २०२४ मा अभिनेत्री शोभिता धुलिपालासँग इन्गेजमेन्ट गरेको खबर बाहिरिएको थियो ।
जसका तस्बिरहरू अभिनेता नागा चैतन्यका पिता र सुपरस्टार नागार्जुनले इन्स्टाग्राममा सेयर गरेका थिए। यसपछि सामाजिक सञ्जालमा फ्यानहरूले बधाई दिन थालेपछि इन्टरनेटमा ट्रोलर्सले ट्रोलसमेत गर्न सुरु गरेका थिए ।
यसैबीच, उनको इन्गेजमेन्टको खबर पछि पुर्व पत्नी तथा अभिनेत्री सामान्थाले के पोस्ट गर्छिन् भन्नेमा फ्यानहरूको नजर रहेको थियो । इन्स्टाग्राममा सामन्थाले विनेश फोगाटले कुस्तीबाट सन्यास लिएको खबर साझा गरेकी थिइन । तर, पुर्व पतीका बारेमा उनले अहिलेसम्म कुनै प्रतिक्रिया दिइसकेका छैनन ।
८ अगस्टको बिहान अभिनेता नागा चैतन्यले आफ्नी प्रेमिका शोभिता धुलिपालासँग परिवार र विशेष साथीहरूको उपस्थितिमा विवाह गर्ने खबरहरू बाहिरएकाे थियो। यसपछि अभिनेता नागार्जुनले इन्स्टाग्राममा दुई तस्बिर सेयर गरेका थिए, जसमा सुपरस्टार छोरा नागा र भावी बुहारी शोभितासँग पोज दिइरहेका थिए । जबकि दोस्रो फोटोमा जोडीको सुन्दर तस्बिर थियो ।
उनले बिनेश फोगटमा तस्विर राखेर अन्य कुरा लेखिरहेकी छिन् ।










कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन सञ्चारमन्त्रीको निर्देशन
बलिउडमा ‘नक्कली चमक’ विवाद : हेरफेर गरिएका समीक्षा र फुलाइएका अङ्कले विश्वसनीयता सङ्कट
कांग्रेसका युवा नेताहरुद्वारा ‘कांग्रेस सुधार अभियान’
पूर्व प्रधानमन्त्री शेख हसिनाको मृत्युदण्ड र बङ्गलादेशको राजनीतिक भविष्य
म्यानमारमा ठगीमा परेका ३७ नेपाली स्वदेश फर्काइए
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया