सरकारको विकल्प खोज्नुपर्छ :कांग्रेस नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको विकल्प खोज्नुपर्ने बताएका छन् । नेपाल निजामती कर्मचारी युनियन (संघ) केन्द्रीय कार्यसमितिद्धारा काठमाडौंमा आयोजित राष्ट्रिय भेलामा बोल्दै वरिष्ठ नेता पौडेलले वर्तमान सरकार निरङ्कुशता तिर बढिरहेकोले विकल्प खोज्नुपर्ने बताएका हुन् ।
उनले भने ‘संसदको रोस्टमलाई प्रधानमन्त्रीले प्रयोग गर्न नचाहँदा खेरीमा प्रतिपक्षी दलले रोस्टम प्रयोग ग¥यो की गरेन, कसरी ग¥यो यसको पनि लेखाजोखा इतिहासमा हुने छ । त्यसो भएको हुनाले अहिले यहाँ चुनाव चुनाव मात्रै भनेर सुख पाइदैन । हामीले यो अहिलेको निरंकुशता तिर बढिरहेको यो सत्तालाई विकल्प खोजि गर्नुपर्छ । विकल्पको लागि हामी उदार बनेर जसरी विकल्प आउँछ त्यसरी हामीले सम्झौता गरेर अरु पार्टीहरुसँग मिलेर हामीले बदल्ने काममा इमान्दार प्रयत्न गर्नुपर्छ ।
नेता पौडेलले वितगमा पनि कांग्रेसले एउटा अवसर छुटाएको उल्लेख गर्दै अहिले पनि सरकार नबदल्ने हो भने भविश्यमा टाउको समातेर रुनुको विकल्प नहुने पनि बताए। त्यसैले चुनाव चुनाव भनेर बस्न नहुने बताए । उनले भने ‘अब एउटा चान्स त हामीले अस्तिनै मिस गरिसकेका छौं । जनु बेला एमाले र माओवादी केन्द्र बनेका थिएनन त्यो बेलामा जोखाना हेर्दा हेर्दै एउटा चान्स मिस भएको छ । यति मात्रै भन्छु । जोखाना फेरीपनि हेरेर यो चान्स मिस गर्ने अनी पछि टाउको समातेर रुने यो कुरा हुँदैन । चुनाव चुनाव चुनाव यो सबैले भन्छन् । केपी ओलीको पनि नारा चुनावै हो हाम्रा साथिहरुको पनि नारा त्यही हो । आज देश त्यसैमा विभाजित छ ।’
पार्टीको अधिवेशन सम्पन्न हुन नपाएको स्थितिमा चुनवमा जाँदा कांग्रेस नै नरहने स्थिति आउन सक्ने तर्फ अहिले नै सचेत बन्नुपर्ने पनि वरिष्ठ नेता पौडेलले बताए । अहिलेको सरकरको कारण लोकतन्त्र बच्ने अवस्थामा नरहेकोले लोकतन्त्र बचाउनको लागि पनि कांग्रेसले आफूलाई बचाउनुपर्ने बताउनुभयो ।उनले भने ‘पार्टीको अधिवेशन सम्पन्न हुन पाएको छैन पार्टी यस्तो अवस्थामा छ । चुनाव चुनाव चुनावमा हामफाल्ने कुरा त्यसले हामीलाई कहाँ पु¥याउँछ । आज हामीले एउटै कुरा सोचौं कि लोकतन्त्र कसरी बचाउने । लोकतन्त्र बचाउनको लागि हामीले आफूलाई पनि बचाउनुपर्छ ।’
वर्तमान प्रधानमन्त्रीले संवैधानिक परिषद्मा एकलौटी गर्न खोजेर सर्वसत्तावादको भ¥याङ चढ्न खोजेको पुष्टि भएको पनि उहाँले बताउनुभयो । त्यसैले कांग्रेसले व्यवस्था बचाउन जोड दिनुपर्ने बताए । व्यवस्था बचेमा मात्रै सत्ता आफै आउने भएकाले अहिलेको व्यवस्था बचाउन कांग्रेस नै लाग्नुपर्ने पनि बताए ।
समुदायलाई लोतान्त्रिकरण गर्न आफूलाई पनि लोतान्त्रिककरण बनाउन तयार हुनुपर्ने पनि उनले बताए ।









युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छ : प्रधानमन्त्री कार्की
सञ्चारमन्त्री खरेल स्वदेश फिर्ता
बढ्यो पेट्रोल र डिजेलको मूल्य
एमाले चुनाव विरोधी र चुनावबाट विचलित हुने पार्टी होइन: एमाले नेता
आज २०८२ साल कात्तिक २७ गते बिहीबारको राशिफल
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश
प्रतिक्रिया