दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरीको सक्रियता

झापा । जिल्ला ट्राफिक कार्यालय झापाले सडक दुर्घटनामा कमी ल्याउन गरेका पछिल्ला गतिविधि एवं प्रयास उपलब्धिमूलक देखिएका छन् । गत आव २०८०/८१ को तथ्याङ्कअनुसार ट्राफिक प्रहरी झापाले चालेका जनचेतना अभिवृद्धिलगायत कार्यक्रम दुर्घटना न्यूनीकरणमा प्रभावकारी बन्दै गएका हुन् ।
जिल्ला ट्राफिक कार्यालय झापाका प्रहरी नायब निरीक्षक पूर्णप्रसाद गौतमका अनुसार विशेषगरी चालक परिचालकलाई कक्षा सञ्चालन र सडक प्रयोगकर्ता सर्वसाधारणलाई ट्राफिक सचेतना तथा सडक सुरक्षा कार्यक्रम व्यापक रूपमा गर्दै आएको छ । “ट्राफिक सप्ताह कार्यक्रम, यात्रुमैत्री विशेष अभियान, लागूपदार्थ मादक पदार्थ सेवनगरी सवारी चलाउनेविरुद्ध अभियान, ओभरटेकसम्बन्धी गरिएका सचेतना कार्यक्रममा समावेश भएका ट्राफिक गतिविधिमार्फत दुई लाख ३५ हजार नौ सय ७७ जना प्रत्यक्ष रूपमा लाभान्वित भए । गत आवमा पाँच हजार चार सय ३० पटक ट्राफिकसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन भए”, उनले भने ।
आर्थिक वर्ष २०७९/८० मा भएका आठ सय चार दुर्घटनामा परी एक सय १४ जनाले ज्यान गुमाउनु परेको थियो भने गत आव २०८०/८१ मा भएका पाँच सय ९३ सवारी दुर्घटनामा ८७ जनाको मृत्यु भएको प्रहरी नायब निरीक्षक गौतमले बताए ।
पछिल्लो दुई आवको तथ्याङ्क केलाउने हो भने सवारी दुर्घटनाको सङ्ख्यामा कमी आउनाका साथै मृतकको सङ्ख्यामा २३ दशमलव ६८ प्रतिशतले कमी आएको छ । यसैगरी सवारी दुर्घटनामा परी सामान्य घाइते हुने मानिसको सङ्ख्यामा उल्लेख्य सुधार भएको देखिन्छ ।
ट्राफिक प्रहरी नायब निरीक्षक गौतमका अनुसार ट्राफिक प्रहरीको सक्रियता, जनचेतनामूलक कार्यक्रम र नियमको कडाइका साथ पालना गराउँदा अघिल्लो वर्षकोभन्दा राम्रो प्रतिफल मिलेको हो । उनले यो सुधारलाई अझ प्रभावकारी बनाउन ट्राफिक प्रहरी कटिबद्ध रहेको र सर्वसाधारणको नियमको पालना गरी सहयोग गर्नुपर्ने बताए।
गत आवमा ५७ हजार चार सय ५६ सवारीसाधन कारबाहीबाट तीन करोड ८६ लाख ८२ हजार छ सय ४१ रुपैयाँ राजस्व सङ्कलन गरिएको छ ।
















राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
स्वास्थ्य सेवा निरन्तर राख्न अस्पतालहरूलाई मन्त्रालयको आग्रह
झापामा ३ मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते
लागुऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन
पाल्पामा दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
प्रतिक्रिया