यातायात व्यवस्था कार्यालय नवलपरासीद्वारा ३० करोड राजस्व सङ्कलन

मध्यविन्दु (नवलपरासी) l यातायात व्यवस्था कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले गत आर्थिक वर्षमा रु ३० करोड ३५ लाख ५३ हजार नौ सय ५३ राजस्व सङ्कलन गरेको छ ।
गत आर्थिक वर्षमा नयाँ सवारी दर्ता हुने सङ्ख्या केही घटेको बताउँदै राजस्व सङ्कलन आव २०७९/८० को हाराहारीमा भएको जिल्लास्थित यातायात व्यवस्था कार्यालयका प्रमुख मिलनबहादुर केसीले बताए ।
“गत आवमा सवारीसाधन करवापत रु २३ करोड ८६ लाख पाँच हजार तीन सय १३, सवारी चालक अनुमतिपत्र एवं सवारी दर्ता किताबवापत रु पाँच करोड छ लाख ५२ हजार नौ सय १८, यातायात क्षेत्रको आम्दानी राजस्व शीर्षकमा रु ३८ लाख ४६ हजार चार सय ३० र अन्य प्रशासनिक सेवा शुल्कवापत रु आठ लाख दुई हजार छ सय ९० राजस्व सङ्कलन भएको छ”, उनले भने ।
प्रमुख केसीका अनुसार गत आवमा कार्यालयमा विभिन्न प्रकृतिका एक हजार सात सय २७ सवारीसाधन दर्ता भएका छन् ।
आव २०७९/८० मा कूल सात हजार आठ सय ३८ सवारीसाधन दर्ता भएकामा गत आव छ हजार एक सय ११ वटा सवारीसाधन कम दर्ता भएका उनले जानकारी दिए ।
“गत आवमा दुई पाङ्ग्रे सवारीसाधन एक हजार चार ८९, निजी कार भ्यान २८, सरकारी मोटरसाइकल तीन, निजी बस तथा ट्रक १३, सरकारी बस पाँच, सरकारी गाडी छ, पिकअप भ्यान दुई, सार्वजनिक बस तथा ट्रक २४, ट्याक्टर चार, भाडाका ट्याम्पो ७४ र निजी ट्याम्पो ७९ वटा दर्ता भएका छन्”, प्रमुख केसीले भने ।
उनका अनुसार आव २०७९/८० मा छ हजार छ सय ८३ दुई पाङ्ग्रे सवारीसाधन दर्ता भएकामा गत आवमा एक हजार चार सय ८९ वटा दर्ता भएका छन् ।
जिल्लास्थित यातायात व्यवस्था कार्यालयमा गत आवमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स)का लागि लिखित परीक्षामा सहभागी भएकामध्ये ७० दशमलव ७२ प्रतिशतले चालक अनुमतिपत्र पास गरेका कार्यालय प्रमुख केसीले जानकारी दिए ।
चालक अनुमति पत्र नयाँ एवं नवीकरण गरेकामध्ये गत पुस १५ गतेसम्मका सबै छापिएर आएका उनले बताए ।
छापिएर आएका चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) अहिले सेवाग्राहीलाई वितरण गर्न थालिएको यातायात व्यवस्था कार्यालयले जनाएको छ ।
















दोधारा-चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति ४ प्रतिशत
विश्व पानी दिवस : ‘जहाँ पानी बग्छ, त्यहाँ समानता बढ्छ’
इजरायलका दुई सहरमा इरानको मिसाइल आक्रमण, कम्तीमा १८० जना घाइते
मकवानपुरबाट भरूवा बन्दुक सहित एक जना पक्राउ
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
प्रतिक्रिया