शेखहसिना र मलाई अमेरिकी षड्यन्त्रमा हटाइयो :अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू र बंगलादेशका प्रधानमन्त्री शेखहसिनालाई एकै पटक अमेरिकी षड्यन्त्रमा हटाइएको दावी गरेका छन् ।
आज बसेको पार्टीको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले अमेरिकाले स्टेट पारेटर्नरशिप कार्यक्रम (एसपीपी) अघि बढाउन पटकपटक दबाब दिएको र आफूले अस्विकार गरेपछि आकस्मिक रुपमा प्रधानमन्त्रीबाट हटाइएको दावी गरेका छन् ।
उनको भनाई उदृत गर्दै एक स्थायी समिति सदस्यले मेरोन्यूजलाई भने, ‘ बंगलदेशमा अमेरिकी सेनाको बेस राख्न नमान्दा केही दिनअघि शेख हसिनालाई विद्यार्थी आन्दोलनका नाममा सेनाको सहयोगमा हटाइयो, नेपालमा एसपिपी अस्विकार गर्दा मलाई हटाइयो । एकै समयमा दक्षिण एसियामा अमेरिकी हस्तक्षेप ह्वात्तै बढेको देखिन्छ । ’
पछिल्लो समय रुस र युक्रेनयुद्धमा भारतले रुसलाई सहयोग गरेपछि भारतसँग समेत अमेरिका चिढीएको तथा चिनसँग पहिलेनै सम्बन्ध बिग्रिएको कारण अमेरीकाले पछिल्लो समय दक्षिण एसियामा हस्तक्षेप बढाउँदै लगेको प्रचण्डको आँकलन छ ।
प्रचण्डले माधव नेपालको नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, महेन्द्रराय यादवको नेसपालगायतसँग पार्टी एकताका लागि आफूले निर्णायक कदम चाल्न लागेको जानकारी दिएका थिए ।
बैठकमा माओवादी उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्षलेनै परिवारवादलाई प्रषय दिएको भन्दै असन्तुष्टि पोखेका थिए ।













महोत्तरीमा ट्रकको ठक्करबाट महिलाको मृत्यु
अण्डाको मूल्य घट्यो
वीरगञ्जमा ‘कर्फ्यू’ आदेश जारी
कांग्रेस कार्यसम्पादन समितिको अर्को बैठक मंगलबार बस्ने
टी–२० विश्वकपको ट्रफी नेपाल आउनु देशका लागि गौरवको क्षण : राष्ट्रपति
बर्दिया क्षेत्र नं. १ बाट थपलियासहित ५ जनाकाे नाम सिफारिस
कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति
बन्दसूचीबाट उम्मेदवारले नाम फिर्ता लिएमा अर्काे थप्न समय दिइने
पुस १९ गते शनिबारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
विदेशी मुद्राको विनिमयदर: अमेरिकी डलरको भाउ निरन्तर उकालो
प्रतिक्रिया