शेखहसिना र मलाई अमेरिकी षड्यन्त्रमा हटाइयो :अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू र बंगलादेशका प्रधानमन्त्री शेखहसिनालाई एकै पटक अमेरिकी षड्यन्त्रमा हटाइएको दावी गरेका छन् ।
आज बसेको पार्टीको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले अमेरिकाले स्टेट पारेटर्नरशिप कार्यक्रम (एसपीपी) अघि बढाउन पटकपटक दबाब दिएको र आफूले अस्विकार गरेपछि आकस्मिक रुपमा प्रधानमन्त्रीबाट हटाइएको दावी गरेका छन् ।
उनको भनाई उदृत गर्दै एक स्थायी समिति सदस्यले मेरोन्यूजलाई भने, ‘ बंगलदेशमा अमेरिकी सेनाको बेस राख्न नमान्दा केही दिनअघि शेख हसिनालाई विद्यार्थी आन्दोलनका नाममा सेनाको सहयोगमा हटाइयो, नेपालमा एसपिपी अस्विकार गर्दा मलाई हटाइयो । एकै समयमा दक्षिण एसियामा अमेरिकी हस्तक्षेप ह्वात्तै बढेको देखिन्छ । ’
पछिल्लो समय रुस र युक्रेनयुद्धमा भारतले रुसलाई सहयोग गरेपछि भारतसँग समेत अमेरिका चिढीएको तथा चिनसँग पहिलेनै सम्बन्ध बिग्रिएको कारण अमेरीकाले पछिल्लो समय दक्षिण एसियामा हस्तक्षेप बढाउँदै लगेको प्रचण्डको आँकलन छ ।
प्रचण्डले माधव नेपालको नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, महेन्द्रराय यादवको नेसपालगायतसँग पार्टी एकताका लागि आफूले निर्णायक कदम चाल्न लागेको जानकारी दिएका थिए ।
बैठकमा माओवादी उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्षलेनै परिवारवादलाई प्रषय दिएको भन्दै असन्तुष्टि पोखेका थिए ।
















काठमाडौँमा २४ घण्टामा २७२२ सवारी चालकमाथि कारबाही, २७ लाख राजश्व संकलन
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
ओमानले नेपाललाई दियो ३०६ रनको लक्ष्य
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
पहिरो र चट्याङमा परी १६ पशुचौपाया मरे, ३८ बेपत्ता
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
दिल्ली विमानस्थलमा स्विस विमानको इन्जिनमा आगलागी, ६ जना घाइते
प्रतिक्रिया