बैंकहरुले तिर्ने आयकर ३० अर्ब पुग्यो

काठमाडौं । गत आर्थिक बर्ष २०८०–८१ मा बाणिज्य बैंकहरुले सरकारलाई २९ अर्ब ९८ करोड ८९ लाख रुपियाँ आयकर तिर्ने भएका छन् । बाणिज्य बैंकहरुले सार्वजनिक गरेको गत आवको वित्तीय विवरणले उनीहरुले तिर्ने आयकर झण्डै ३० अर्ब पुगेको देखाएको हो ।
बैंकहरुले नाफाको ३० प्रतिशतको दरमा आयकर तिर्नुपर्ने व्यवस्था छ । हाल नेपालमा २० बाणिज्य बैंक सञ्चालनमा छन् । गत आवमा उनीहरुको कुल नाफा ९४ अर्ब १४ करोड १९ लाख रुपियाँ थियो । आयकर तिरेपछि बैंकहरुको खुद नाफा ६४ अर्ब १५ करोड ३० लाख ९१ हजार रुपियाँ कायम भएको छ ।
कुन बैंकले तिर्ने आयकर कति ?
१. नविल बैंक – दुई अर्ब ७३ करोड ५२ लाख ४३ हजार
२. प्रभु बैंक – दुई अर्ब ५७ करोड ३६ लाख २६ हजार
३. ग्लोबल आईएमई बैंक – दुई अर्ब ५५ करोड १२ लाख ६४ हजार
४. नेपाल इन्भेष्टमेण्ट मेगा बैंक – दुई अर्ब १४ करोड ४१ लाख ५९ हजार
५. एभरेस्ट बैंक – एक अर्ब ९० करोड चार लाख १७ हजार
६. राष्ट्रिय वाणिज्य बैंक – एक अर्ब ८९ करोड ९४ लाख ५८ हजार
७. प्राइम कर्मशियल बैंक – एक अर्ब ६५ करोड ३९ लाख १८ हजार
८. कृषि विकास बैंक – एक अर्ब ६४ करोड तीन लाख१५ हजार
९. कुमारी बैंक – एक अर्ब ६२ करोड पाँच लाख २९ हजार
१०. स्ट्यान्डर्ड चार्टर्ड बैंक – एक अर्ब ४१ करोड ८१ लाख २३ हजार
११. सिद्धार्थ बैंक – एक अर्ब ३४ करोड ४५ लाख ७० हजार
१२. लक्ष्मी सनराइज बैंक – एक अर्ब २३ करोड ५७ लाख ३३ हजार
१३. नेपाल बैंक – एक अर्ब २३ करोड ४६ लाख ९५ हजार
१४. हिमालयन बैंक – एक अर्ब २० करोड ८३ लाख २२ हजार
१५. एनएमबी बैंक – एक अर्ब ६६ लाख २६ हजार
१६. सनिमा बैंक – ९७ करोड २३ लाख ७६ हजार
१७. नेपाल एसबीआई बैंक – ८६ करोड ५३ लाख २८ हजार
१८. सिटिजन्स बैंक – ७४ करोड ४३ लाख ७७ हजार
१९. माछापुच्छ्रे बैंक – ६९ करोड पाँच लाख १५ हजार
२०. एनआईसी एशिया बैंक – ५४ करोड ९३ लाख नौ हजार
बाणिज्य बैंकहरुले तिर्ने कर गत आवमा १६ प्रतिशतले बढेको पनि देखिन्छ । अघिल्लो आव २०७९–८० मा बाणिज्य बैंकहरुले २५ अर्ब ९१ करोड २८ लाख ८१ हजार रुपियाँ आयकर तिरेका थिए । नाफा बढेपछि सरकारलाई दिने आयकर पनि स्वतः बढेको बैंकरहरु बताउँछन् ।
















निषेधित क्षेत्रमा पदयात्राबारे अध्यागमन विभागद्वारा सूचना जारी
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ अब नेपालमा
इँटाभट्टाको पर्खाल भत्किएर महिलाको मृत्यु
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
प्रतिक्रिया