सोमबार, चैत ९, २०८२

महायज्ञबाट ८१ लाख सङ्कलन

मेरोन्यूज २०८१ साउन २७ गते १९:३०

जलेश्वर, (महोत्तरी) । विगत एक सातादेखि महोत्तरी जिल्लाको बर्दिवासमा जारी ‘शिव पुराण महायज्ञ’ बाट अहिलेसम्म रु ८१ लाख सङ्कलन भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

महायज्ञ मूला आयोजक समितिका अध्यक्ष हीरा गौतमले सडक मानवको उद्धार तथा व्यवस्थापनका लागि बर्दिवासमा निर्माण गरिने ‘हाम्रो माया घर’ निर्माणको लागि गरिएको महायज्ञको आज सातौँ दिनसम्म रु ८१ लाख दुई हजार २३ नगद दान प्राप्त भएको जानकारी दिए।

उनकानुसार महायज्ञमा अहिलेसम्म छ सय ५३ जनाले दान गरेकामा एक जनाले भने रु एक लाख दुई हजार गोप्य दान गरेका छन् । साउन २१ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने महायज्ञबाट आयोजक समितिले हाम्रो माया घर निर्माणका लागि रु डेढ करोड सङ्कलन गर्ने लक्ष्य लिएको छ । जुन लक्ष्य महायज्ञ समापनसम्म पुग्ने विश्वास रहेको संयोजक गौतमले बताए ।

यसैबीच हाम्रो माया घर निर्माणका लागि महोत्तरी निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य लक्ष्मी महतोले ११ हजार इँटा सहयोग गरेका छन् भने बर्दिवास नगरपालिका– १४ बस्ने चन्देश्वर साहले एक सय पाँच बोरा सिमेन्ट सहयोग गरेका छन् ।

प्रतिक्रिया