बिहीबार, चैत १९, २०८२

२२ अर्ब बिजुलीको बिल उठाउनु पर्नेमा ६ अर्बको मात्रै बिल पठाएपछि लेखा समितिबाट हस्तक्षेपः सभापति पोखरेल

मेरोन्यूज २०८१ साउन २९ गते १५:०४

काठमाडौं । बिद्युत प्राधिकरणले १६ अर्ब छुट दिए पछि सार्वजनिक लेखा समितिले छलफल चलाएको खुलेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले महालेखाले बेरुजु देखाउँदा देखाउँदै १६ अर्ब छुट दिए पछि बाध्य भएर लेखा समितिमा छलफल चलाउनु परेको खुलेको हो ।

लेखा समितिका सभापतिसमेत रहेका सांसद ऋषिकेश पोखरेलले भने, ‘महालेखा नियन्त्रण कार्यालयले आफनो ५६ देखी ६१ औं सम्मका प्रतिवेदनमा के उल्लेख गरिएको छ भने प्राधिकरणमा २१ अर्ब ८८ करोड बेरुजु बक्यौंता देखाएको छ, त्यसबारेमा सरकारले लाल आयोग गठन गरेर सत्यतथ्य खोजिरहेकाे अवस्था थियो, त्यो बेला सरकारले नै पहिला काम सकाेस भनेर समितिमा छलफल चलाइएन,’ पोखरेलले भने, ‘सरकारले काम गरिरहेको बेला लेखा समितिले हात हाल्नु हुदैँन भनेर मैले रोकिराखेको थिएँ तर जब प्राधिकरणले ६ अर्बमा २ अर्ब बिगो तोकेर ८ अर्बको मात्रै बिल पठाए पछि समितिमा अजेन्डा बनेको हो ।’  

उनका अनुसार सरकारले काम गरे पनि १६ अर्ब रकम छुट दिएको बिषय पत्ता लागे पछि लेखा समिति सक्रिय भएको पोखरेलको भनाई छ । ‘समितिमा गम्भिर खाले उजुरीको चांग त थियो, सरकारले लाल आयोग बनाएको थियो, नचलाउ भने पछि नचलाएको हो तर १६ अर्ब छुट दिए पछि सांसदहरुले यो बिषय गम्भिर भयो भनेर कुरा उठेको हो ।’ उनका अनुसार यस बिषय टुंगोमा पु¥याउने गरी छलफल चलिरहेको बताए ।
 
 शिर्षकमा २२ अर्ब हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएकाे छ ।

प्रतिक्रिया