महंगीको पींडा
पेट्रोलियम पदार्थसँगै तेल, मसला कुखुराको मासु पनि महंगो

काठमाडौं । पेट्रोलियम पदार्थको मुल्यवृद्धिले त्रसित बनेका सर्वसाधारण खाने तेल, मसला र कुखुराको मासू महंगी हुँदा अफ्ठ्यारोमा परेका छन् ।
चाउचाउ, स्न्याक्स, खाद्य वस्तुको रंग,फ्लेबर, बेकरीका सामानको ढुवानीको प्रयोग गर्नेलाई पेट्रोलियम पदार्थको मुल्य बढ्दा त्यसको तत्कालै प्रत्यक्ष असर यसमा परेकाले यि वस्तु महंगा भएका हुन् भने अन्य वस्तु पनि महंगो हुनेमा दुविधा नभएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरचन विभागले जनाएको छ ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरचन विभागका प्रवक्ता शिवराम सेडाईले भने,‘एउटाको असर अर्को वस्तुमा नपर्ने होइन, मूल्य निर्धारणका लागि विभागसँग मिलेर कार्यान्वयनमा लाग्नुपर्छ तर एक्सासी बढ्दा सबै सचेत रहनुपर्छ । ’ उनले थपे,‘यहि निहुँमा एक्कासी अन्य वस्तुको मुल्य महंगो हुँदा सर्वसाधारणले कुन वस्तुको अघि कति पर्थो र अहिले कति पर्छ भन्ने कुरामा सचेत रहनुपर्छ ।’ एक्कासी खाद्यानको मुल्य बढ्दै जादा अनुशासनको लागि विभागले बजार अनुगमन गर्नेमा दुई मत नभएको प्रवक्ता सेडाईले बताए ।
अन्तर्राष्ट्रिय स्तरमा पनि खाने तेल, मसला लगायतका वस्तुमा मूल्य बढेको र ढुवानीमा थप मार परेकाले थोर थोरै मूल्य बढ्न जानुलाई स्वभाविक रुपमा हेर्नुपर्ने व्यवसायीले जनाएका छन् ।
खुद्रा बिक्रेतालाई खाद्य वस्तु उपलब्ध गराउने होलसेल व्यवसायीले भने तेल लगायतका वस्तुमा मूल्य बढ्नुको कारण ढुवानी भाडालाई देखाएका छन् । गाडी तेलको मुल्य बढेकाले काठमाडौंसम्म आउने ट्रक लगायतका ढुवानीकर्ताहरुले बढी भाडा लिने गरेको त्यो रकम वस्तुमा जोडिने गरेकोले मुल्य बढेको व्यापारीहरुको भनाई छ ।
खुद्रा व्यवसायीहरु भने माथिबाटै मूल्यवृद्धि भएर आउँदा उपभोक्ताले भने आफूहरूलाई दोष दिने गरेको गुनासो गरेका छन् ।
काठमाडौं महानगरपालिका ३५ कोटेश्वरमा पसल गरिरहेका सुमन चौलागाईले भने, ‘तोरी, सोयाबिन तथा सनफ्लावरको तेलमा मैले नै मूल्य बढाएको भनेर उपभोक्ताले चोरलाईझैं नाक खुम्च्याएर हेर्छन् ।’
कोरोनापछि महँगो हुँदै गएको ढुवानी भाडा ४ दिन अघि बढेको पेट्रोलियम पदार्थको मूल्यले सर्वसाधारण नै मारमा पर्न थालेका छन् ।
महँगो हुँदा थप समस्या भएको सहयोगीनगरका महादेव किराना पसलका राम बहादुर रावलले पेट्रोलियम पदार्थको मुल्य वृद्धिले खानेतेलको कच्चा पदार्थ पनि बढेकोले तेल, मसलासँगै कुखुराको मासु महंगो भएको छ । रावल भन्छन्,‘लकडाउनको समयदेखि बढ्न थालेको तोरीको स्वयबिन, सूर्यमुखीको तेलमा १० देखि २० रुपैयाँको दरले वृद्धि भएको हो ।’
पट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै कुखुराको उत्पादनमा कमी आउन थालेपछि कुखुराको मासुको मूल्य हालसम्मकै उच्च प्रतिकिलोग्राम ४ सय २० रुपैयाँ रहेको छ ।
पछिल्लो समय कुखुराको मासुको मूल्य क्रमिक रुपमा बढ्न थालेको हो । राष्ट्रिय कुखुरा व्यवसायी संघले बजारमा लागु हुने गरी जिउँदो कुखुरामा प्रतिकेजी १० रुपैयाँ र मासुमा प्रतिकेजी १० रुपैयाँ बढाएको जनाएको छ ।
राष्ट्रिय कुखुरा बिक्री व्यवसाय संघका अनुसार जिउँदो कुखुराको ३ सय १० रुपैयाँ परेकाले मासुको मूल्य हालसम्मकै उच्च भएर ४ सय २० रुपैयाँ तोकिएको हो ।
एउटा निहुँले सबैमा मार पर्दा कम तलब पाउँने सर्वसाधारण झन् मारमा पर्नुको विकल्प छैन । खाने पदार्थको मूल्य बढ्दा पारिश्रमिक पनि बढ्नेको ग्यारेन्टी नभएकाले समस्या बढ्दै गएको हो ।

किरण अधिकारी
मेराेन्यूजकर्मी अधिकारी अर्थसम्बन्धी विषयमा कलम चलाउँछन् ।










NPL 2025: Lumbini to face Chitwan today
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
नारायणघाट बुटवल खण्डको नारायणी नदि पुल क्षेत्रमा दुई दिन राति गाडी सञ्चालनमा रोक
कस्ताे रहला आज देशभरको मौसम ?
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
जाडोमा गुड खानुका फाइदै फाइदा, दिनमा कति खाने ?
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
प्रतिक्रिया