कर्णालीका तीन मन्त्रीको राजीनामा स्वीकृत

सुर्खेत । कर्णाली प्रदेशमा एमालेका तीनजना मन्त्रीले दिएको राजीनामा स्वीकृत भएको छ । एमालेका तिन जना सांसदले सामूहिक राजीनामा दिएका थिए ।
उनिहरुको राजीनामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले स्वीकृत गरेका छन् । एमालेबाट आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले दिएको राजीनामा मुख्यमन्त्री शाहीले स्वीकृत गरेका हुन् ।
मुख्यमन्त्रीसमक्ष आफ्नो पदबाट दिएको राजीनामा मुख्यमन्त्रीले स्वीकृत गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुवविक्रम बुढाथोकीले बताए ।
राजीनामा स्वीकृतपछि रिक्त रहेको आर्थिक मामिला तथा योजनामन्त्री र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीको जिम्मेवारी आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीलाई, सामाजिक विकासमन्त्रीको जिम्मेवारी भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीलाई तोकिएको प्रेस सल्लाहकार बुढाथोकीले जानकारी दिए ।
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
संसद् सचिवालयमा सर्वदलीय बैठक
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
प्रतिक्रिया