कुवापानीको पहिरोले प्रसिद्ध बराह ताल पुनः पुरियो

पर्वत । जलजला गाउँपालिका– २ को पूर्ण गाउँमा रहेको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल आदीबराह ताल पहिरोका कारण यस वर्ष पनि पुरिएको छ ।
जलजला– ५ कुवापानीको पहाडबाट झरेको लेदोसहितको पहिरोले ताल पुरिएको हो । बुधबार बिहान खसेको पहिरो र लेदोले ताल पुरिएको स्थानीयले जानकारी दिएका छन् ।
उक्त ताल गत वर्षको भदौ अन्तिम साता पहाडबाट झरेको पहिरोले बगरमा परिणत भएको थियो । आर्थिक वर्ष ०८०/८१ मा गण्डकी प्रदेशअन्तर्गत ताल संरक्षण तथा विकास प्राधिकरणमार्फत सामान्य मर्मत गरिएको भए पनि पुनः पहिलेकै अवस्थामा पुगेको स्थानीय नवीन जिसीले जानकारी दिए ।
अविरल वर्षासँगै बुधबार बिहान पहाडबाट झरेको पहिरोले एक घर जोखिममा परेको छ भने सयौँ रोपनी धान खेतसमेत पुरिएको जलजला– ४ का वडाध्यक्ष भरत क्षेत्रीले जानकारी दिए ।
उनले गत वर्षदेखि यस क्षेत्रमा पहिरोले जोखिम बढाएको बताए । समुद्री सतहदेखि एक हजार ९५० मिटरको उचाइमा अवस्थित आदीबराह ताल तीन रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको छ । अंग्रेजी अक्षरको सी आकारको तालको सौन्दर्य र विशेषता ऐतिहासिक रहेको छ ।
















यस्ता छन् काभ्रेली सांसदसँग नागरिकको अपेक्षा
बाँकेमा रु तीन करोडभन्दा बढी जरिवाना असुल
२७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाखको कारोबार
C General Secretary urges govt to release Karki-led Commission’s report
न्यूयोर्कमा विमान दुर्घटना,उडानहरू प्रभावित
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
प्रतिक्रिया