चिकित्सक दम्पतीद्वारा फाउन्डेसन स्थापना

चितवन । सामाजिक क्षेत्रमा क्रियाशीलता देखाउँदै आएका यहाँका एक चिकित्सक दम्पतीले फाउन्डेसन स्थापना गरेका छन् । दन्तरोग विशेषज्ञद्वय डा। अजय न्यौपाने र डा। सरु थापाले ‘डा। अजय एण्ड डा। सरु फाउण्डेसन’ स्थापना गरेका हुन् ।
फाउन्डेसन स्थापनाको जानकारी दिँदै डा।न्यौपानेले स्वास्थ्य, शिक्षा, विपत्, कला संस्कृति, खेलकुदलगायत क्षेत्रमा काम गर्ने बताए । हप्ताको सातै दिन दम्पतीले नै काम गरेर त्यहाँबाट भएको आफ्नै आम्दानीले फाउन्डेसनमार्फत सामाजिक काम गर्ने उनले जानकारी दिए । वार्षिक रु १० लाख कोषमा राख्दै जाने र चालु पुँजीका रुपमा यस आर्थिक वर्षमा रु १० लाख छुट्याएको उनले बताए । आउँदो वर्षबाट कोषको ब्याजमा अरु रकम थपगरी त्यही पैसाबाट फाउन्डेसनले काम गर्नेछ । दश वर्षमा अक्षयकोष रु एक करोड पुर्याउने लक्ष्य छ । व्याजले अपुग हुँदा आफूहरुले रकम राखेर सामाजिक काम गर्ने दम्पतीको योजना छ ।
फाउन्डेसनले २० विद्यार्थीलाई जनही रु १० हजारका दरले छात्रवृत्ति दिने, पाँच शिक्षकलाई रु १०÷१० हजारका दरले प्रोत्साहन पुरस्कार दिने योजना छ । स्वास्थ्य क्षेत्रमा विपन्नलाई आँखाको उपचार गर्न सहयोग गर्ने, स्वास्थ्य पहुँचमार्फत गाउँगाउँमा पुगेर शिविरमार्फत सेवा दिने, आकस्मिक स्वास्थ्य सहयोग गर्नेलगायत उनीहरुको योजना छ ।
विपन्न २० परिवारलाई स्वास्थ्य बीमा गरिदिने योजना छ । सुरुका वर्षमा गाउँपालिकामा यी कार्यक्रम सञ्चालन गर्ने योजना फाउन्डेसनको छ । फाउन्डेसनमा आफ्नो कमाई मात्रै प्रयोग गर्ने भन्दै उनीहरुले अन्य दाताको सहयोग नलिने बताए । यद्यपि सामाजिक सङ्घसंस्थासँग सहकार्य गरेर काम गरिने फाउन्डेसनले जनाएको छ ।











भोलि रंगशालामा त्रिभुवन विश्विविद्यालयकाे दीक्षान्त : नोबेल पुरस्कार विजेता काजिता प्रमुख अतिथि
अध्यक्ष ढकालको प्रश्नः सबै आन्दोलनमा निजी क्षेत्र आक्रमणको तारो किन बन्छ ?
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
दक्षिण कोरियामा गलत सूचना नियन्त्रण विधेयक पारित
राष्ट्रिय वाणिज्य बैंक सम्मानित
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
प्रतिक्रिया