सुदूरपश्चिममा ‘वल्के’ पर्व मनाइँदै

काठमाडौँ । जेठो पर्वका रुपमा मनाउने गरिएको ‘वल्के’ पर्व आज सुदूरपश्चिम प्रदेशमा हर्सोल्लासका साथ मनाइँदैछ। भदौ सङ्क्रान्ति अर्थात् १ गतेका दिन मनाइने वल्के भन्नाले ‘कोसेली’ अर्थात् ‘उपहार’ भन्ने बुझिन्छ। आजका दिन बिहानै नुहाइधुवाइगरी आफ्ना इष्टमित्र, आफन्त मान्यजन तथा छरछिमेकीलाई सगुनका रुपमा दूध, दही, पिँडालुको कलिला पात अर्थात् ‘गाभा’, फलफूल आदि दिएर सम्मान गर्ने एकखालको छुट्टै परम्परा रहिआएको छ।
‘त्यस्तै गाउँ घरतिर जसका घरमा गाईभैँसीको दूध, दही अर्र्थात् गोरस हुँदैन त्यस घरमा दूध, दहीलगायत बाँड्ने प्रचलन छ’, धनगढीका स्थानीय हिरालाल जोशीले भन्नुभयो, ‘यसलाई हाम्रो स्थानीय भाषामा ‘गोरस’ अर्थात् ‘सितन’ भन्ने गरिन्छ।’ मौलिक पर्वका रुपमा रहेको यस पर्वमा विभिन्न प्रकारका स्थानीय खानाका परिकार पकाएर खाने र खुवाउने चलन छ । घरपरिवारका सदस्य एकसाथ बसेर मीठो–मसिनो खाइ रमाइलो गरिन्छ ।
विषेशगरी यस पर्वका दिन विवाहित छोरीबेटीलाई माइती घरमा बोलाइ लाउन, बाबर, बटुक, गतानी डुब्का तथा फाडो, मासे माणालगायत स्थानीय खानाका परिकार पकाएर खुवाउने र खाने प्रचलन छ । परापूर्वकालदेखि नै ‘मरुला भनेर ‘बिसु’ खानु, बाँचे भनेर ‘वल्के’ खानु’ भन्ने एक किसिमको किंवदन्ती पनि छ । ‘बिसु’ भन्नाले नयाँ वर्ष अर्थात् वैशाख १ गते मनाइने पर्व हो।
त्यसैगरी यस चाडमा गाउँघरतिर समूहमा विभाजन भई देउडा खेल्ने, पिङ खेल्ने तथा स्थानीय लोक भाकामा गीत गाउनेलगायत क्रियाकलाप पनि गर्ने गर्दछन् । सहरमा भने यो चाडको महत्व केहीमात्रामा घट्दै गएको पाइन्छ।
प्रदेशका केही पहाडी जिल्लामा त यस चाडमा भँगेरी प्रजातिको फूलको बोटका पात टिपेर सिलौटामा पिँधेर बनाइएको लेदो हत्केला र खुट्टाको औँलामा लगाएर रङग्याई रमाइलो गर्ने चलन रहेको छ। यसरी पिँधेर लगाइएको भँगेरीको लेदोबाट वर्षात्को समयमा खेतबारीमा काम गर्दा हात र खुट्टामा देखिने विभिन्न छालासम्बन्धी रोगको सङ्क्रमणबाट बच्न सकिने जनविश्वास छ ।
सुदूरपश्चिमेली संस्कृति तथा खानपान झल्किने यस पर्वको छुट्टै विशेषता र महत्त्वका बारेमा हिजोआज बुढ्यौली तथा पाको उमेरका मानिस जानकार रहे पनि नयाँ पुस्तामा भने यसको महत्व र विशेषताबारे खासै जानकार नभएको स्थानीय भक्तराज पाण्डे बताउँछन्। यो पर्व नेपालको सुदूरपश्चिम प्रदेशका साथै भारतको कुमाउँ, गडवाललगायत स्थानमा पनि मनाउने गरिन्छ।
















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
प्रतिक्रिया