आइतबार, चैत ८, २०८२

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पौने २९ अर्ब

मेरोन्यूज २०८१ भदौ २ गते १५:२०

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। नेप्से परिसूचक आज ३४.४७ अंकले घटेर २९६६.३३ को विन्दुमा झरेको हो।

Advertisement
nepal life insurencenepal life insurence

यो दिन ४७ वटा कम्पनीको शेयरभाउ बढ्दा १९७ वटाको घटेको छ। बजारमा आज २८ अर्ब ८३ करोड ६९ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

दोहोरो अंकले घटेको बजारमा आज ५ वटा कम्पनीको शेयरभाउमा माथिल्लो सर्किट लागेको छ। नेपाल फाइनान्सका शेयरधनीले सर्वाधिक गुमाएका छन्। यो कम्पनीको शेयरभाउमा नकारात्मक सर्किट लागेको छ।

आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। यो कम्पनीको मात्रै ८२ करोड १४ लाख रुपैयाँ बढीको शेयर कारोबार भएको छ।

प्रतिक्रिया