पहिरोले जोखिमपूर्ण बन्दै कालीगण्डकी करिडोरको यात्रा
नवलपरासी । ठाउँठाउँमा गएको पहिरोको कारण कालीगण्डकी करिडोरको यात्रा जोखिमपूर्ण बन्दै गएको छ ।
करिडोरको गैँडाकोट–राम्दी–पिपलडाँडा खण्डमा खसेको पहिरोका कारण यस खण्ड हुँदै गरिने यात्रा जोखिमपूर्ण बनेको हो ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका प्रवक्ता एवम् वडा नम्बर ३ का वडाध्यक्ष शिवकान्त तिवारीले करिडोरमा ठूलठूला पहिरो खसेर यातायात सञ्चालनमै कठिनाइ भएको बताएका छन्।
करिडोरको विभिन्न ठाउँमा खसेका ठूला पहिरोका कारण पहाडी क्षेत्रका यात्रुले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता भएको उनले बताए । करिडोरको सबैभन्दा ठूलो पहिरो गैँडाकोट, बुलिङटार लगायतका क्षेत्रमा रहेको तिवारीको भनाइ छ । पहिरो आएर सडक अवरुद्ध हुँदा सामान्यरुपमा पहिरो हटाए पनि पहिरो पूरै सफा नगर्दा समस्या हुने गरेको उनको भनाइ छ । पहिरो पूर्णरुपमा नहटाएका कारण सामान्य पानी पर्दा समेत माथिबाट पहिरो खसेर पुनः सडक अवरुद्ध हुने गरेको तिवारीले बताए । कालीगण्डकी नदीको किनारै किनार निर्माण गरिएको यस करिडोरमा पहिरो र सडक भाँसिने समस्याले यात्रा नै जोखिमपूर्ण भएको उनको भनाइ छ ।
कालीगण्डकी करिडोर (गैँडाकोट–राम्दी–मालढुङ्गा) सडक योजनाका प्रमुख कल्पना अधिकारीले सडकमा खसेको पहिरो र भाँसिएको सडक मनसुनपछि मर्मत गरिने बताए । करिडोरमा खसेको पहिरो ठूलो ठाउँमा भएको भन्दै उनले यसको रोकथामका लागि आफूहरुसँग बजेट नभएको बताए ।
करिडोरको विभिन्न ठाउँमा गरी साढे एक किलोमिटर लामो क्षेत्रमा पहिरो गएको योजना प्रमुख अधिकारीले बताए। करिडोरको पहिरो जोखिमको क्षेत्रबाहेक सबै ठाउँको सडक कालोपत्र सकिएको उनको भनाइ छ । पहिरो नियन्त्रणका लागि छुट्टै ठेक्का आह्वान गरेर काम गरिने भए पनि सडक भाँसिएको ठाउँमा निर्माणको जिम्मा पाएकै व्यवसायीले सडक बनाउने उनले बताए । गैँडाकोट–राम्दी–पिपलबोट खण्ड ईकेके इन्फ्रास्टक्चर लिमिटेड काठमाडौँले बनाएको भन्दै उनले निर्माण सकिएको एकवर्षसम्म सडक बिग्रिएमा भाँसिएमा निर्माण कम्पनीले बनाउनेगरी सम्झौता भएको जानकारी दिए ।
यस सडक गतवर्ष निर्माण सकेर हस्तान्तरण गर्ने तयारी भइरहेको थियो ।

















इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
खोटाङमा श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो
२१० दिनपछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
सर्लाही-४ : गगन थापा ३२ सय मतले पछाडि
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
प्रतिक्रिया