पहिरोले जोखिमपूर्ण बन्दै कालीगण्डकी करिडोरको यात्रा
नवलपरासी । ठाउँठाउँमा गएको पहिरोको कारण कालीगण्डकी करिडोरको यात्रा जोखिमपूर्ण बन्दै गएको छ ।
करिडोरको गैँडाकोट–राम्दी–पिपलडाँडा खण्डमा खसेको पहिरोका कारण यस खण्ड हुँदै गरिने यात्रा जोखिमपूर्ण बनेको हो ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका प्रवक्ता एवम् वडा नम्बर ३ का वडाध्यक्ष शिवकान्त तिवारीले करिडोरमा ठूलठूला पहिरो खसेर यातायात सञ्चालनमै कठिनाइ भएको बताएका छन्।
करिडोरको विभिन्न ठाउँमा खसेका ठूला पहिरोका कारण पहाडी क्षेत्रका यात्रुले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता भएको उनले बताए । करिडोरको सबैभन्दा ठूलो पहिरो गैँडाकोट, बुलिङटार लगायतका क्षेत्रमा रहेको तिवारीको भनाइ छ । पहिरो आएर सडक अवरुद्ध हुँदा सामान्यरुपमा पहिरो हटाए पनि पहिरो पूरै सफा नगर्दा समस्या हुने गरेको उनको भनाइ छ । पहिरो पूर्णरुपमा नहटाएका कारण सामान्य पानी पर्दा समेत माथिबाट पहिरो खसेर पुनः सडक अवरुद्ध हुने गरेको तिवारीले बताए । कालीगण्डकी नदीको किनारै किनार निर्माण गरिएको यस करिडोरमा पहिरो र सडक भाँसिने समस्याले यात्रा नै जोखिमपूर्ण भएको उनको भनाइ छ ।
कालीगण्डकी करिडोर (गैँडाकोट–राम्दी–मालढुङ्गा) सडक योजनाका प्रमुख कल्पना अधिकारीले सडकमा खसेको पहिरो र भाँसिएको सडक मनसुनपछि मर्मत गरिने बताए । करिडोरमा खसेको पहिरो ठूलो ठाउँमा भएको भन्दै उनले यसको रोकथामका लागि आफूहरुसँग बजेट नभएको बताए ।
करिडोरको विभिन्न ठाउँमा गरी साढे एक किलोमिटर लामो क्षेत्रमा पहिरो गएको योजना प्रमुख अधिकारीले बताए। करिडोरको पहिरो जोखिमको क्षेत्रबाहेक सबै ठाउँको सडक कालोपत्र सकिएको उनको भनाइ छ । पहिरो नियन्त्रणका लागि छुट्टै ठेक्का आह्वान गरेर काम गरिने भए पनि सडक भाँसिएको ठाउँमा निर्माणको जिम्मा पाएकै व्यवसायीले सडक बनाउने उनले बताए । गैँडाकोट–राम्दी–पिपलबोट खण्ड ईकेके इन्फ्रास्टक्चर लिमिटेड काठमाडौँले बनाएको भन्दै उनले निर्माण सकिएको एकवर्षसम्म सडक बिग्रिएमा भाँसिएमा निर्माण कम्पनीले बनाउनेगरी सम्झौता भएको जानकारी दिए ।
यस सडक गतवर्ष निर्माण सकेर हस्तान्तरण गर्ने तयारी भइरहेको थियो ।













मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
अत्यधिक चिसोका कारण विद्यार्थी बिरामी, ढोरपाटन क्षेत्रको पठनपाठन प्रभावित
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
प्रतिक्रिया