एमालेका केन्द्रीय सदस्य कुशवाहा र शर्माले लिए शपथ

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्यद्धय कुन्दन कुशवाहा र मञ्जु शर्मालाई शपथ गराएका छन् ।
आइतबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बिच रौतहट कटहरिया ५ का पूर्व प्रदेश सांसद समेत रहेका कुशवाहा र पोखराकी शर्मालाई पार्टी केन्द्रीय सदस्यको रूपमा प्रधानमन्त्री ओलीले शपथ गराएका हुन् ।
उक्त अवसरमा पार्टी महासचिव शंकर पोखरेल, अच्युत मैनाली, सुमन प्याकुरेल लगायत १५ जना भन्दा बढी पार्टी केन्द्रिय पदाधिकारीको सहभागिता रहेको थियो ।
गत साउन १७ गते एमाले केन्द्रीय समितिको बसेको बैठकले कुशवाहा, शर्मा लगायतलाई केन्द्रीय सदस्यमा मनोनित गरेको थियो । एमालेका तत्कालीन पोलिटब्युरो सदस्य पूर्वमन्त्री प्रभु साहको टीमबाट तत्कालीन केन्द्रीय सदस्य कुन्दन कुशवाहा पार्टीको टिकट गोजीमा राखेर स्वतन्त्र रूपमा चुनाव लडेका थिए । त्यस लगत्तै नेकपा एमालेले प्रभु साह, कुन्दन कुशवाहा र उनका समर्थकहरुलाई कार्वाही गरेर पार्टीको साधारण सदस्यबाट समेत निष्कासन गरेको थियो ।
निर्वाचनमा पराजय भोगेका कुशवाहा प्रभु साह नेतृत्वको आमजनता पार्टीको महासचिव रहँदै गत निर्वाचनमा आफूसँग धोका भएको आरोप लगाउँदै केही महिना अघि पुन: एमालेमा प्रवेश गरेका थिए ।












निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई
गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
प्रतिक्रिया