महाधिवेशनको तयारीमा केन्पो खुकुरी मार्सल आर्ट्स संघ

काठमाडौं । नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघको केन्द्रीय महाधिवेशन भदौ १५ गते काठमाडौंमा हुने भएको छ ।
संघले भदौ १५ गते शनिबार राजधानीमा तेस्रो महाधिवेशन तथा १३ औं वार्षिक साधारणसभा गर्न लागेको हो ।
महाधिवेशनले नयाँ नेतृत्व चयनका साथै केन्पो खुकुरी मार्सल आर्टस् खेलका आगामी कार्ययोजना तय गर्ने संघले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
नेपालभित्र नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स खेलको विकास विस्तारका साथै नेपाललाई खुकुरी मार्सल आर्ट्स खेलमा अन्तर्राष्ट्रियस्तरमा सहभागिता बृद्धि गरी खेलकूदमार्फत राष्ट्रको प्रतिष्ठा अभिबृद्धिमा जोड दिँदै आएको संघले स्थापनाको छोटो अवधिमै ७७ जिल्लाका तीनसय ६५ पालिकामा विस्तार गर्दै एकसय ६५ वटा डोजो सञ्चालन गर्न सफल भएको संघका अध्यक्ष डा.पूर्णप्रसाद पाण्डेले बताए ।
“राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद” भन्ने नाराका साथ २०७४ सालमा स्थापना भएको संघले खेलको स्तर बृद्धि गर्न प्रशिक्षण, विभिन्न स्तर र तहका प्रतियोगिता सञ्चालन गर्दै आएको छ भने तीनवटा राष्ट्रिय प्रतियोगितासमेत आयोजना गरिसकेको छ ।
साथै संघले आगामी कात्तिकमा सुदुरपश्चिम प्रदेशमा केन्पो खुकुरी मार्सल आर्टस् प्रतियोगिता आयोजना गर्ने भएको छ । त्यसैगरी यसैवर्षभित्र पोर्चुगलमा आयोजना हुने प्रतियोगितामा पनि खेलाडीलाई भाग लिनका लागि पठाइने संघले जनाएको छ ।
















पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
एमाले प्रदर्शनले माइतीघर, बबरमहल क्षेत्र तनावग्रस्त
सानेपामा कांग्रेसको ‘संसदीय सचेतना कार्यक्रम’
हेटौंडा सिमेन्ट उद्योगद्वारा क्लिङ्कर उत्पादन सुरु
प्रजातन्त्रको रक्षाका लागि गाउँसम्म विचार पु¥याउनुपर्ने
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
प्रतिक्रिया