शुक्रबार, पुष १८, २०८२

साफ यू-२० च्याम्पियनसिपमा भारतको विजयी सुरुवात

मेरोन्यूज २०८१ भदौ ३ गते १७:२०

काठमाडौं । काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिपमा भारतले विजयी सुरुवात गरेको छ ।

सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न समुह बी अन्तर्गतको खेलमा भारतले भुटानलाई १-० गोल अन्तरको जित हासिल गर्दै विजयी सुरुवात गरेको हो ।

डिफेन्डिङ च्याम्पियन समेत रहेको भारतको जितमा खेलको ३७औं मिनेटमा मोनिरुल मोल्लाले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । 

आइतबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा समुह ए मा रहेको नेपालले श्रीलंकालाई १-० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको थियो ।

अब प्रतियोगितामा अर्को खेल मंगलबार समुह बी अन्तर्गत बंगलादेश र श्रीलंकाबीच हुदै छ । 

नेपालसहित ६ देशले भाग लिएको यस प्रतियोगितामा नेपाल समुह ए बंगलादेश र श्रीलंकासँग रहेको छ भने समुह बी मा भारत, भुटान र माल्दिभ्स रहेका छन् । 

त्यस्तै नेपालले भने समुह चरणको अर्को खेल विहिबार बंगलादेशसँग खेल्ने तालिका रहेको छ । 

प्रतिक्रिया