रियलमी मिस्टर नेपाल र लायन्स क्लब अफ काठमाडौंको सहकार्यमा रक्तदान

काठमाडौं। रियलमी मिस्टर नेपाल र लायन्स क्लब अफ काठमाडौंको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
गत भाद्र १ गते शनिबारका दिन मिनिस्ट्री बार एण्ड क्याफे, गैरीधारामा सम्पन्न उक्त रक्तदान कार्यक्रममा रियलमी मिस्टर नेपालका ६० प्रतिस्पर्धीहरूले रक्तदान गरेका थिए।
यसबारे बोल्दै रियलमीको नेपाल र भारतका हेड अफ स्ट्राटेजी मुनिश गिरीले रियलमीले आफ्ना प्रयोगकर्ताहरूलाई गुणस्तरीय स्मार्टफोन प्रदान गर्ने मात्र नभइ समुदायलाई सशक्त बनाउने समेत विश्वास व्यक्त गरे।
कार्यक्रममा मिस्टर नेपालको आयोजक नेक्स्ट मोडल्सका सिइओ रवि धमलाले रक्तदानमा रियलमी र लायन्स क्लब अफ काठमाडौंसँग सहकार्य गर्न पाउँदा हामी गौरवान्वित भएको बताए।
भविष्यमा पनि मिस्टर नेपालको तर्फबाट यस्तो सामाजिक कार्यमा सक्रियता कायम रहने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा सहभागी हुनुअघि मिस्टर नेपालका ६० प्रतिस्पधीले नेपाली सेनाबाट शारीरिक तन्दरुस्ती सम्बन्धी तालिम प्राप्त गरेका थिए। मिस्टर नेपालको फिनाले यही भदौ ८ गते शनिबार काठमाडौंमा हुँदैछ।
















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
प्रतिक्रिया