बैतडीमा सर्पको टोकाइबाट तीन जना घाइते

बैतडी । बैतडीमा सर्पको टोकाइबाट तीन जना घाइते भएका छन् । दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका र पञ्चेश्वर गाउँपालिकामा सर्पको टोकाइबाट एक÷एक जना घाइते भएका हुन् ।
बुधबार दशरथचन्द नगरपालिका २ मगराउँकी ३५ बर्षीया भावना बोहरा, मेलौली नगरपालिका ३ बागगोठका १८ बर्षीय धिरेन्द्र ठगुन्ना र पञ्चेश्वर गाउँपालिका ४ विनायककी ३० बर्षीया धौली चन्द सर्पको टोकाइबाट घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
बोहरालाइ घर नजिकैको मकैबारीमा घाँस काटीरहेका बेला सर्पले टोकेको थियो । उनी जिल्ला अस्पताल बैतडीमा उपचार गरेर घर फर्किसकेकी छन् ।
यस्तै मेलौली नगरपालिका ३ बागगोठका ठगुन्नालाई बाटोमा हिँडीरहेका बेला बुधबार दिउँसो सर्पले टोकेको थियो ।
यस्तै पञ्चेश्वर गाउँपालिका ४ विनायककी चन्दलाई बुधबार दिउँसो खेतबारीमा घाँस काटीरहेका बेला सर्पले टोकेको थियो ।
ठगुन्ना र चन्द दुवै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।
















चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ
ग्लोबल आइएमई बैंकद्वारा २०८३ सालको क्यालेन्डर सार्वजनिक, पौभा कलाको दिव्य दर्शन समावेश
लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एल नेपालको चौथो महाधिवेशन सम्पन्न
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
खाडी जान लागेका कामदारकाे दुखेसाे – ‘साथीहरू नआऊ भन्छन्, नजाऊँ जागिर खोसिने डर छ’
प्रतिक्रिया