बैतडीमा सर्पको टोकाइबाट तीन जना घाइते

बैतडी । बैतडीमा सर्पको टोकाइबाट तीन जना घाइते भएका छन् । दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका र पञ्चेश्वर गाउँपालिकामा सर्पको टोकाइबाट एक÷एक जना घाइते भएका हुन् ।
बुधबार दशरथचन्द नगरपालिका २ मगराउँकी ३५ बर्षीया भावना बोहरा, मेलौली नगरपालिका ३ बागगोठका १८ बर्षीय धिरेन्द्र ठगुन्ना र पञ्चेश्वर गाउँपालिका ४ विनायककी ३० बर्षीया धौली चन्द सर्पको टोकाइबाट घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
बोहरालाइ घर नजिकैको मकैबारीमा घाँस काटीरहेका बेला सर्पले टोकेको थियो । उनी जिल्ला अस्पताल बैतडीमा उपचार गरेर घर फर्किसकेकी छन् ।
यस्तै मेलौली नगरपालिका ३ बागगोठका ठगुन्नालाई बाटोमा हिँडीरहेका बेला बुधबार दिउँसो सर्पले टोकेको थियो ।
यस्तै पञ्चेश्वर गाउँपालिका ४ विनायककी चन्दलाई बुधबार दिउँसो खेतबारीमा घाँस काटीरहेका बेला सर्पले टोकेको थियो ।
ठगुन्ना र चन्द दुवै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।











निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
फेरि संवादमा जुटे बालेन र कुलमान
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
नेपालमा पार्टी पनि विदेशीले बनाइदिन थाले : राजेन्द्र लिङ्देन
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
आज त्रिविको ५१ औँ दीक्षान्त समारोह, प्रमुख अतिथिमा नोबेल पुरस्कार विजेता
लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो
प्रतिक्रिया