आँखामा फुलो पर्ने कारण र लक्षण यस्ता

आँखाको बीच भागमा सेतो रङको डल्लो देखा पर्नुलाई आँखा फुलो परेको भनिन्छ । विभिन्न काम गर्दा आँखामा चोटपटक लागेर अरु भाइरस आएर आँखामा घाउ बनाउँदा र आँखा ड्राई भएर पनि आँखा फुलो परेको हुन्छ ।
कतिपय अवस्थामा चोटपटक लागेपछि आँखा बन्द हुँदैन् । फुलो पर्दा आँखा रातो हुन्छ । आँखाको दुख्छ र आँखाबाट आँशु झरेको झ¥यै हुन्छ ।
आँखा फुलो पर्ने कारणहरु
-काम गर्दा वा लडेर आँखामा चोटपटक लागेर
-आँखा सुख्खा भएर
-आँखामा चोटपटक लागेर आँखा बन्द नभएर
-भाइरसले आँखामा घाउ बनाउँदा
-आँखाको डिल भित्रपट्टी फर्किदा
-आँशुको नली जाम भएर
आँखा फुलो पर्नुका लक्षणहरु
-आँखा रातो हुने
-आँखा दुख्ने
-घाममा आँखा खोल्न नसक्ने
फुलोको उपचार गर्न ढिलो हुँदा के हुन्छ ? आँखामा समस्या देखिएपछि समयमै उपचार गर्नु राम्रो हो । फुलो पर्दा आँखाको अगाडिको भागमा सेतो दाग हुन्छ । उपचार ढिलो हुँदा त्यो दाग जाँदैन् । आँखामै बस्छ । जसले गर्दा उपचारपछि पनि आँखामा सेतो दाग र धमिलोपन हुन सक्छ ।
-एजेन्सीको सहयोगमा
















Two killed in motorcycle accident in Rautahat
उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च पुगे रेशम चौधरी
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
Gold, silver prices reach all-time high
संरचना नष्ट भएपछि बाल सुधार गृहका सबै बालबिज्याइँकर्ता हिरासतमा स्थानान्तरण
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
प्रतिक्रिया