आँखामा फुलो पर्ने कारण र लक्षण यस्ता

आँखाको बीच भागमा सेतो रङको डल्लो देखा पर्नुलाई आँखा फुलो परेको भनिन्छ । विभिन्न काम गर्दा आँखामा चोटपटक लागेर अरु भाइरस आएर आँखामा घाउ बनाउँदा र आँखा ड्राई भएर पनि आँखा फुलो परेको हुन्छ ।
कतिपय अवस्थामा चोटपटक लागेपछि आँखा बन्द हुँदैन् । फुलो पर्दा आँखा रातो हुन्छ । आँखाको दुख्छ र आँखाबाट आँशु झरेको झ¥यै हुन्छ ।
आँखा फुलो पर्ने कारणहरु
-काम गर्दा वा लडेर आँखामा चोटपटक लागेर
-आँखा सुख्खा भएर
-आँखामा चोटपटक लागेर आँखा बन्द नभएर
-भाइरसले आँखामा घाउ बनाउँदा
-आँखाको डिल भित्रपट्टी फर्किदा
-आँशुको नली जाम भएर
आँखा फुलो पर्नुका लक्षणहरु
-आँखा रातो हुने
-आँखा दुख्ने
-घाममा आँखा खोल्न नसक्ने
फुलोको उपचार गर्न ढिलो हुँदा के हुन्छ ? आँखामा समस्या देखिएपछि समयमै उपचार गर्नु राम्रो हो । फुलो पर्दा आँखाको अगाडिको भागमा सेतो दाग हुन्छ । उपचार ढिलो हुँदा त्यो दाग जाँदैन् । आँखामै बस्छ । जसले गर्दा उपचारपछि पनि आँखामा सेतो दाग र धमिलोपन हुन सक्छ ।
-एजेन्सीको सहयोगमा
















वर्षाका कारण बुटवल-नारायणगढ सडक अवरुद्ध
अमेरिकाले इरानी तेलमा लगाइएको प्रतिबन्ध हटायाे
चीन सरकारले नेपालमा सङ्घीयसंसद् निर्वाचन सम्पन्न भएकामा बधाई ज्ञापन
Eid al-Fitr enriches sense of mutual harmony and unity-PM Karki
BP Highway obstructed; vehicles put on hold
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया