नवलपुरमा थपिए दुई सय उद्योग

नवलपरासी । नवलपरासीमा गत आर्थिक वर्ष २०८०/८१ मा दुई सय ६ उद्योग थपिएका छन् ।
जिल्लामा पाँच सय ६८ उद्योगको नवीकरण गरिएको छ । पर्यटन तथा उद्योग कार्यालय नवलपुर, नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का कार्यालय प्रमुख प्रभाकर घिमिरेले नवलपुरमा वन तथा पर्यटन उद्योगसँग सम्बन्धित उद्योग थपिने क्रम बढ्दो रहेको बताए।
गत् आवमा जिल्लामा एक सय ४८ उद्योगले लगत कट्टा गरेका थिए । हाल जिल्लामा ६ हजार ६ सय ९१ उद्योग कायम रहेका उनले जानकारी दिए ।
गत आवमा उद्योग दर्ता तथा नवीकरणबाट कार्यालयले १९ लाख ८३ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको प्रमुख घिमिरेले बताए ।
यसैगरी आव २०८०/८१ मा जिल्लामा वाणिज्यतर्फ दुई सय ९८ व्यवसाय दर्ता भएका छन् । सो अवधिमा आठ सय ९९ व्यवसायीले व्यवसाय नवीकरण गर्दा दुई सय ६ व्यवसायको लगत कट्टा गरिएको छ । जिल्लामा गत आवसम्म आठ हजार पाँच सय सात व्यवसाय कायम रहेको उनले बताए ।
जिल्लामा वाणिज्यसम्बन्धी दर्ता र नवीकरणबाट २४ लाख ३२ हजार रुपैयाँ राजस्व सङ्कलन गरिएको प्रमुख घिमिरेले बताए । हाल १५ हजार एक सय ९८ उद्योग तथा वाणिज्य व्यवसाय सञ्चालन छन् ।
गत आवमा उद्योग तथा वाणिज्य व्यवसायसम्बन्धी दर्ता तथा नवीकरणको कामबाट ४४ लाख १६ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको कार्यालयले जनाएको छ ।
















ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम
कांग्रेसको १५औँ महाधिवेशन भदौ २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
लुम्बिनीमा सरसफाइ अध्ययन केन्द्र सञ्चालनमा
पोखरामा भोलिदेखि दोस्रो संस्करणको वाडा अटो शो सुरु हुँदै
वीरगञ्ज आइपुग्यो ‘जाउँ है पोखरा’ अभियान
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
प्रतिक्रिया