रामेछापको दोरम्बा शैलुङमा पहिरोमा परी २ जनाको मृत्यु, ११ जना बेपत्ता
मेरोन्यूज
२०८१ भदौ ९ गते ८:०२

रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा शनिबार साँझदेखि परेको अविरल वर्षाका कारण गएको पहिरोले ठूलो जनधनको क्षति गरेको छ । गाउँपालिकाको वडा नम्बर ३ स्थित लेखर्कवस्तीमा पहिरो गएको हो ।
पालिकाका सूचना अधिकारी भोला पाठककाअनुसार पहिरोमा परी २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक शिक्षिका र उनका छोरा रहेका छन् ।
यसैगरी, पहिरोमा ११ जना बेपत्ता भएको आशंका गरिएको छ । पहिरोले ४ वटा घर र एउटा पक्की पुल बगाएको छ । ठूलो पहिरोले उद्धारमा पनि कठिनाइ भइरहेको छ ।’
हाल स्थानीय बासिन्दा र नेपाल प्रहरीले उद्धार कार्य जारी राखेका छन् ।
सम्बन्धित













प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धिः नेपाल पत्रकार महासङ्घ
नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई दिँदैछ बिदाइ
सरकारलाई सुशासनको जग बसाल्ने र निर्वाचन गर्ने कार्यादेश छ : प्रधानमन्त्री कार्की
दिगो शान्ति बिना समृद्धि सम्भव छैन : उपसभापति अर्याल
समानुपातिक सूचीकाे आलाेचनापछि रविले भने – दुई दिनभित्र सच्याउँछाैं
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कुलमान घिसिङ रास्वपाको उपसभापति, रास्वपाको महामन्त्री उज्यालोबाटै बनाइने
जसपा नेपाल र लोसपाबीच एकीकरण गर्ने निर्णय
प्रतिक्रिया