विश्व प्रसिद्ध पञ्चवर्षीय गढीमाई मेलाको तयारी सुरु

बारा । विश्व प्रसिद्ध पञ्चवर्षीय गढीमाई मेला २०८१ को तयारीलाई तिव्र पारिएको छ । बाराको महागढीमाई नगरपालिकामा रहेको विश्व प्रसिद्ध गढीमाई मन्दिरमा यस बर्ष हुने मेलाको तयारीमा महागढीमाई नगरपालिकाले तिव्र गतिमा कार्य अगाडी बढाएको छ ।
नगर प्रमुख उपेन्द्र यादवका अनुसार यसपटकको मेलालाई ऐतिहासिक र अविस्मरणीय बनाउने लक्ष्यका नगरपालिकाले तयारी सुरु गरेको बताए । बरियारपुरस्थित गढीमाई मन्दिरमा प्रत्येक पाँच वर्षमा लाग्ने मेलालाई व्यवस्थित बनाउन विभिन्न अत्यावश्यक कार्यहरू धमाधम भइरहेका छन । मेलामा आउने श्रद्धालु भक्तजनहरूको सुविधाका लागि पार्किङ व्यवस्थापनदेखि सुरक्षासम्मको विस्तृत योजना बनाइएको छ ।
पार्किङ व्यवस्थापनको कामलाई अघि बढाउन दक्ष प्राविधिक टोली खटाइएको महागगढीमाई नगरपालिकाका नगर प्रमुख यादवले बताए । उनले भने,‘मन्दिर परिसरबाहिरको पूर्व, पश्चिम, उत्तर र दक्षिण दिशामा ठूला गाडी, हलुका सवारी साधन र दुईपांग्रे सवारी साधनका लागि पार्किङ स्थलहरू छनोट गरिसकिएको छ ।
मेलाको प्रचार–प्रसार र उद्धघाटनको तयारीका लागि विभिन्न शक्तिपीठका गुरुहरू, राष्ट्र प्रमुख, मन्त्रीहरू, उद्योगपति लगायत विशिष्ट व्यक्तित्वहरूलाई निमन्त्रणा पठाउने काम सुरु भइसकेको छ ।’
यसैगरी, मेलाका लागि खानेपानी व्यवस्थापन गर्न १०० भन्दा बढी सार्वजनिक धारा धमाधम जडान गर्न थालिएको छ । यस वर्षको गढीमाई मेला आश्विन १७ गते अर्थात दशैंको घटस्थापनाको दिन राष्ट्रपति रामचन्द्र पौडेलद्वारा शोभायात्रा गरी भव्य रूपमा उद्घाटन गर्ने योजना मेला समितिले बनाएको छ ।
















एकैदिन १४ हजार ६०० ले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज ४० अर्ब रुपैयाँ खिच्ने
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
धुरन्धर – २ ले तीन दिनमा कति कमायाे ?
कांग्रेस विवाद ब्युँतियो : छुट्टै केन्द्रीय समिति बैठक बोलाउने देउवा समुहकाे निर्णय
प्रतिक्रिया