राष्ट्रियसभा अध्यक्षलाई प्रवासीको समस्या
मेरोन्यूज
२०७७ चैत २९ गते १२:२२

काठमाडौँ । नेकपा एमालेसँग आबद्ध प्रवासी नेपाली एकता मञ्चको केन्द्रिय समितिले शनिबार भर्चुअल माध्यमबाट एक कार्यक्रम सम्पन्न गरेकोछ । कार्यक्रममा वक्ताहरूले दक्षिण कोरियामा अझैसम्म राजदूत नियुक्त हुन नसक्दा आफ्ना गुनासाहरूको कूटनीतिकरूपमा पहल हुन नसकेकाले तुरुन्त राजदूत पठाउन अनुरोध गरेका थिए ।
युरोप र नेपालबीच सिधा हवाई उडान गर्न माग गर्दै वक्ताहरूले गैरआवासीय नेपालीलाई दिने भनिएको नागरिकता नेपालमा रहने नेपाली सरह हुनु पर्ने तथा खाडी मुलुकमा रहेका लाखौँ नेपालीले सिकेको सीप र ज्ञानको उपयोग राज्यले गर्नु पर्ने जस्ता सुझाव र समस्या राखेका थिए ।
सो अवसरम राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले पछिल्लो पटक अन्य देशमा राजदूत पठाउने क्रममा संसदीय सुनुवाइमा नाम पठाउने क्रममा कोरिया छुटेका कारण यस्तो हुन गएको र अब छिट्टै पठाइने बताए । त्यस्तै नागरिकताका सवालमा हाल संसद्मा विधेयक पेश भइसकेको र यसमा थप केही मागहरू सम्बोधन गर्नुपर्ने रहेको भनी बाग्लुङबाट निर्वाचित सांसद सूर्य पाठकले संसोधन प्रस्ताव पेश गर्नुभएको भन्दै उनले सो विधेयक राष्ट्रियसभामा आउँदा आफूले थप आवाज उठाउने बताए ।
अध्यक्ष तिमिल्सेनाले युरोप र नेपालबीच सिधा हवाई उडानका लागि युरोपमा हाल नेपाली जहाज उडाउन प्रतिबन्ध रहेको र यसको विकल्पका रूपमा रसिया–नेपाल सिधा उडानका लागि आफू नेपालका लागि रसियाका राजदूतसँग निरन्तर संवादमा रहेको बताए । कार्यक्रममा विश्वका विभिन्न देशबाट प्रवासी नेपाली मञ्चका पदाधिकारी, पत्रकार र अन्य सामाजिक व्यक्तित्वहरूको समेत उपस्थिति रहेको थियो ।
सम्बन्धित









युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छ : प्रधानमन्त्री कार्की
सञ्चारमन्त्री खरेल स्वदेश फिर्ता
बढ्यो पेट्रोल र डिजेलको मूल्य
एमाले चुनाव विरोधी र चुनावबाट विचलित हुने पार्टी होइन: एमाले नेता
आज २०८२ साल कात्तिक २७ गते बिहीबारको राशिफल
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश
प्रतिक्रिया