इङल्याण्डका पूर्व फुटबल प्रशिक्षक इरिक्सनको निधन
मेरोन्यूज
२०८१ भदौ १० गते २०:१६

काठमाडौँ । इङल्याण्डका पुर्व प्रशिक्षक स्भेन गोरान इरिक्सनको ७६ बर्षको उमेरमा निधन भएको छ ।
परिवारले जारी गरेको एक विज्ञप्तिमा इरिक्सनको निधन भएको जानकारी दिइएको हो । गत जनवरीमा इरिक्सनलाई क्यान्सर भएको खुलासा भएको थियो ।
इरिक्सनले सन् २००१ देखि २००६ सम्म इङल्याण्डको राष्ट्रिय टिमको प्रशिक्षक बनेका थिए । आफ्नो पाँच बर्षे कार्यकालमा उनले २००६ को फिफा विश्वकपमा इङल्याण्डको प्रशिक्षक थिए । विश्वकप पछि उनले इङल्याण्डको प्रशिक्षक छोडेर म्यानचेस्टर सिटीको प्रशिक्षक बनेका थिए ।
उनी आफ्नो क्यारियरको पछिल्लो पटक २०१८ देखि २०१९ सम्म फिलिपिन्सको प्रशिक्षक बनेका थिए ।
सम्बन्धित
















हेटौंडा सिमेन्ट उद्योगद्वारा क्लिङ्कर उत्पादन सुरु
प्रजातन्त्रको रक्षाका लागि गाउँसम्म विचार पु¥याउनुपर्ने
अष्ट्रेलियामा इन्धन आयातमा सरकारी ग्यारेन्टी दिने घोषणा
अनेरास्ववियुद्वारा भृकुटीमण्डप क्षेत्रमा टायर बालेर सडक अवरुद्ध
मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
प्रतिक्रिया