शुक्रबार, पुष १८, २०८२

कर्मचारीको तलब बढाउने फैसलाविरुद्ध सरकारले सर्वोच्चमा दियो पुनरावलोकनको निवेदन

मेरोन्यूज २०८१ भदौ ११ गते १२:५९

काठमाडौं । कर्मचारीहरुको तलब बढाउनुपर्ने भनी सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध सरकारले पुनरावलोकनको निवेदन दिएको छ ।

सरकारको निर्णय अनुसार महान्यायाधिवक्ता कार्यालयले आइतबार पुनरावलोकनको निवेदन दर्ता गरेको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले बताए।

पुनरावलोकनको निवेदन तीन सदस्यीय इजलासले अध्ययन गर्नेछ । त्यो इजलासमा यसअघि मुद्दाको फैसला गरेका न्यायाधीश सहभागी हुन पाउँदैनन् ।गत १० असारमा सर्वोच्च अदालतले कर्मचारीको तलबमान सच्याउन परमादेश जारी गरेको थियो ।

२०८० पुस २६ गते निजामती सेवाको सहसचिव, उपसचिव र शाखा अधिकृत स्तरका कर्मचारीले २०७९ साउन १ गतेदेखि लागू हुने गरी सरकारले निर्धारण गरेको तलबमानमा असहमति जनाउँदै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनिहरुले नेपाली सेनाको तलबमान र कर्मचारीले तलबमा असमानता रहेको भन्दै सर्वोच्चमा रिट दिएका थिए ।

प्रतिक्रिया